श्रीलङ्का विस्फोटमा ४२ विदेशी मारिएको पुष्टि

0
Shares

एजेन्सी । श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमाएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् ।

अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँचजना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ ।

श्रीलङ्काको विदेश मन्त्रलयद्धारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका सबभन्दा विदेशी नागरिक भारतका रहेका छन् । भारतका १२ जना नागरिक रहेका छन् । त्यसपछि क्रमशः बेलायतका ६ जना, चीनका चारजना र डेनमार्कको तीनजना रहेका छन् ।

त्यसैगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई–दुई जनाले यो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक–एक नागरिकले यो आक्रमणमा परी ज्यान गुमाएका छन् । अन्यको अझै पहिचान खुलेको छैन ।

यसअघि श्रीलङ्कामा भएको आक्रमणमा परी ४० विदेशी नागरिक मारिएको उल्लेख गरिएको थियो ।