नेपाल चिकित्सक संघका उपाध्यक्ष डा मुकुन्द दाहालको निधन

0
Shares

काठमाडौं । नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा मुकुन्द दाहालको निधन भएको छ। गएराति २ बजे बिपी स्मृति अस्पताल बसुन्धरा, काठमाडौंमा उनको निधन भएको हो।

डा दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए। उनी केही समयदेखि बिरामी थिए।

चिकित्सा पेसाका एक इमानदार, कर्मठ र लगनशील अर्थोपेडिक सर्जनलाई गुमाउन पुगेको नेपाल चिकित्सक संघले बताएको छ।

संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। डा दाहालको पार्थिक शरीरमा श्रद्धान्जलीका लागि बिहान ९ः३० बजेदेखि बिपी स्मृति अस्पताल बसुन्धरामा राखिएको छ।

नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय तथा संघका सम्पूर्ण शाखा कार्यालयहरु २०७६ बैसाख १९ गते एक दिनका लागि बन्द गरिने महासचिव लोचन कार्कीले बताएका छन्।