आशाराम बापुका छोरालाई बलात्कारको आरोपमा आजीवान कारावास

0
Shares

नयाँदिल्ली (एजेन्सी)
भारतका कथित आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाइ बलात्कारको आरोपमा दोषी ठहर्याउँदै आजिवन कारावासको सजायँ सुनाइएको छ ।

गुजरातको सुरतको एक अदालतले मंगलबार उक्त सजायँको पैmसला दिएको हो । नारायण साईमाथि १ लाख रुपैया जरिवाना पनि लगाइएको छ । यस घृणित अपराधमा साईका निकत सहयोगी गंगा, जमुना र भान्से हनुमानलाई दश–दश बर्षको सजायँ सुनाएको छ ।

नारायण साईका चालक रमेश मल्होत्रालाई ६ महिनाको सजायँ सुनाइएको छ । अदालतले पिडितलाई ५ लाख रुपैया मुआब्जा दिन पनि आदेश दिएको छ ।
यसअघि अदालतले अप्रिल २६ मा साई सहित पाँच जनालाई यस मामिलामा दोषी ठहर्याएको थियो । सुरतका दुई दिदी बहिनील आसाराम र उनका छोरा नारायण साई माथि लगातार बलात्कार गरेको आरोप लगाउँदै प्रहरी समक्ष उजुरी गरेका थिए ।

बहिनीले नारायण साई माथि सन् २००२ देखि २००५ बीच बलात्कार भएको उजुरी गरेकी थिइन् । ती महिलाका अनुसार आसारामको सुरत स्थित आश्रममा नारायण साईले बलात्कार गरेका थिए ।

दिदीले प्रहरी समक्ष आसारामले सन् १९९७ देखि २००६ बीच आफनो अहमदाबाद स्थित आश्रममा लगातार बलात्कार गरेको उजुरी दिएकी थिइन् ।
यस मामिलामा एसीपी रियाज मुशीले नारायण साई विरुद्ध प्रमाण संकलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । नारायण साईको मामिला शूरुमा सीआईडीकोमा पठाइएको थियो त्यसपछि रियाज मुशीलाई उक्त सुम्पेको थियो , त्यतिबेला उनी सीबीआईमा काम गरिरहेका थिए ।

नारायण साईले उनी विरुद्ध उजुरी पनि गरेका थिए र उजुरी दर्ता गरेपछि भने साई फरार भएका थिए । रियाजले भने– जब मैले पहिलो पटक पिडितसँग भेटेँ, मैले उनको आँखामा सत्य देखेँ ।

पिडितले आफुहरु बलाकृत भएको घटना ८ बर्ष पछि मात्र गरेका थिए । पिडित महिला विवाहित पनि थिए । कुनै प्रत्यक्षदर्शी साक्षी नभएकोले मुद्दामा ठुलो समस्या रहेको उनले बताए ।

सन् २०१३ मा मुद्दा दर्ता भएपछि नारायण साई फरार भएका थिए । त्यसपछि सबै आश्रममा तलासी लिइएका थियो । अन्त्यमा नारायण साईलाई उनका सहयोगीहरुसँगै हरियाणमा गिरफ्तार गरियो । त्यहाँबाट उनलाई सुरतमा ल्याइएको थियो ।

प्रमाण संकलनका क्रममा आफुलाई ठुलठुला राजनितिज्ञहरुका तर्फबाट धम्कि पनि आएको रियाजले बताए । उनले भने– नारायण साईको केही ब्यक्तीहरुसँग सम्पत्तीलाई लिएर झगडा चलिरहेको थियो । उनीहरुले पनि प्रमाण संकलनमा हामीलाई मद्दत गरे ।

‘जसले हामीलाई मद्दत गरेका थिए, उनीहरुलाई घुष दिने प्रयास भयो तर अन्तत हामी पक्का प्रमाण संकलनमा सफल भयौं, जसको कारण नारायण साईलाई सजायँ दिलाउन सम्भव भयो ‘ ।
आशाराम पनि बलात्कारको आरोपमा आजिवन कारावासको सजायँ काटिरहेका छन् ।