जापानी सम्राट् अकिहितोद्वारा राजगद्दी त्यागेको घोषणा

0
Shares

टोक्यो,( एजेन्सी)
जापानका सम्राट अकिहितोले मंगलवार राजधानी टोक्यो स्थित राजप्रासादमा आयोजि ऐतिहासिक कार्यक्रमबिच राजगद्धि त्यागेको घोषणा गरेका छन् ।

सम्राटको हैसियतमा आफ्नो अन्तिम सार्वजनिक सम्वोधनको क्रममा अकिहितोले शक्तिका प्रतिकहरु हस्तान्तरण गर्दै आफ्नो ३० वर्ष लामो शासनकालमा सहयोग र समर्थन दिए वापत जनतालाई धन्यवाद पनि दिएका छन् ।

पचासी वर्षिय अकिहितोले बुढ्यौली र नाजुक स्वास्थ अवस्थाको कारण आफ्नो भुमिका निभाउन कठिन हुादै गइरहेको बताएपछि उनलाई कानुनी रुपमा गद्धि त्याग गर्ने अनुमति दिइएको हो ।

जापानको २ सय वर्ष भन्दा पुरानो राजतन्त्रको इतिहासमा यसरी गद्धि त्याग गर्ने उनी पहिलो सम्राट हुन् । मंगलवार मध्यरात सम्म अकिहितो प्राविधिक रुपमा सम्राट रहने बताइएको छ । अकिहितोका जेष्ठ पुत्र युवराज नारुहितोले बुधवार राति राजगद्धि आरोहण गर्ने भएका छन् ।

उनको राज्यारोहणसंगै जापानको आफ्नो खालको परम्पराग पात्रोमा रेइवा नामक नयाा युगको थालनी हुने भएको छ । जापानी भाषामा रेइवाको अर्थ शानित र समृद्धि भन्ने हुन्छ । वास्त्वमा जापानमा सम्राटको कुनै राजनीतिक शक्ति हुन्न। सम्राट राष्ट्रिय आलँकारिक प्रतिकको रुपमा मात्र रहने गरेको छ ।
अकिहितोले आफ्नो शासनकालमा थुप्रै जापानी जनताको हितको काम गर्नुका साथै दैवी प्कोप र रोगव्याधिबाट पिडित जापानी जनतासंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने गरेका थिए ।

मंगलवार बिहान अकिहितोले जापानको शाही परिवारका पौराणिक पुर्खाहरुलाई आफ्नो योजनाहरु सुनाउन आयोजित सिन्तो नामक धार्मिक कार्यक्रममा सरिक भएक थिए । राजगद्धि त्याग कार्यक्रम राजप्रासादमा प्रधानमन्त्री सिन्जो आवे , युवराज नारुहितो र युवराज्ञी मासाको लगायत करिव ३ सय जना गण्यमान्य व्यक्तिहरुके उपस्थितीमा सम्पन्न भएके हो ।

सो कार्यक्रममा शाही परिवारको प्रतिक मानिने पवित्र तरवार र जुवाहरात लगायत अन्य वस्तुहरुको प्दर्शन गरिएको थियो । यस संक्षिप्त कार्यक्रममा प्रधानमन्त्री आवेले सम्राटले हिंडेको पथलाई अनुसरण गर्दै शानित् र आशाल ेभरिएको गौरान्वित जापानको भविष्यका लागि यथाशक्य प्रयास गरिने प्रतिवद्धता जनाएका छन् ।

यसैगरी पश्चिमी शैलीको मर्निंग कोट पहिरेका स्रमाट अकिहितोले आफ्नो अनितम भाषणमा जापान र विश्वको शानित र सम्वृद्धिको कामना गरेका छन् ।