भेनेजुयलामा सैनिक विद्रोहबाट रक्तपात हुने चेतवानी

0
Shares

काराकास,(एजेन्सी)
भेनेजुयलाको सरकारले त्यहाँका विपक्षी नेता हुवाँ गुआइदोले आफु राष्ट्रपति निकोलस मादुरोको शासन अन्त्य गर्ने अन्तिम चरणमा रहेको बताएपछि आफुहरु सानो सैनिक विद«ोह दवाउने काममा व्यस्त रहेको मंगलवार जनाएको छ ।

सामाजिक संजालमा भाइरल भएके एक भिडियोमा सैनिक पोशाक लगाएका मानिसहरुको माझ देखिएका गुआइदोले आफुसं सैनिक समर्थन रहेको दावी गरेका छन् । भेनेजुयलाकोृ राष्ट्रिय सभाको अध्यक्ष समेत रहेका गुआइदोले गत जनवरीमा आफुलाई अन्तिरिम राष्ट्रपति घोषणा गर्दै माुरोलाई सत्ताच्युत गराउन आफुलाई सहयोग र समर्थ दिन सेनाका सदस्यहरुलाई आब्हान गरेका थिए ।

तर अहिले सम्म चीन र रसियाबाट साथ पाएका राष्ट्रपति मादुरोलाई समर्थन गर्दै आएको सेनाले गुआइदोको प्रस्ताव अस्विकार गर्दै आएको छ । गुआइदोलाइ भने संयुक्त राज्य अमेरिका , शक्तिशाली युरोपेली मुलुकहरु लगायत अन्य केहि दक्षिण अमेरिकी राष्ट्रले मानयता दिएका थिए ।

स्पेनी सरकारका महिला प्रवत्रःाले मंगलवार भेनेजुयलामा रक्तपात हुन सक्ने भन्ै चेतावनी दिएकी छिन् । प्रवक्ता इसावेल सेलाले भेनेजुयलाको समस्या शानितपुर्ण ढंगले समाधान हुनु पर्ने तथा स्पेनले कुनै पनि हालतमा सैनिक विद«ोहलाई समर्थन नगर्ने बताएकीछिन् ।

तर कोलम्वियाली राष्ट्रपति इभान डुक्युले भने भेनेजुयाली सेनालाई विपक्षीा नेता गुआइदोलाई साथ दिन आग्रह गरेको छ । यसैबिच अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसका प्रेस सचिव साराह स्यान्डर्सले भेनेजुयलामा विकसित नयाँ राजनीतिक अवस्थाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिइसकेका छन् ।

उनले भेनेजुयलाको वर्तमन परिस्थिीतलाई अमेरिकाले निकटबाट नियालीरहेको बताएका छन् । त्यसैगरी गुआइदोका अनन्य समर्थक तथा अमेरिकी सिनेटर मार्को रुवियोले टिवट गर्दै भेनेजुयलाको सेनालाई राष्ट्रि सभाका अध्यक्ष गुआइदोलाई साथ दिन आब्हान गरेका छन् । गुआइदोले भने राजधानी काराकासबाट आफुलाई बहादुर सेनाको साथ रहेको कुरा भिडियो मार्फत जानकारी गराएका छन् ।