कर्णाली स्पोट्र्रर्सलाई रुट्सको सहयोग

0
Shares

काठमाडौं, (नेस)
गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएका धावक हरि बहादुर रोकायाद्धारा सञ्चालित कर्णाली स्पोटर््स क्लबलाई रुट्स फेशन प्रालिले आर्थिक सहयोग गरेको छ ।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा कर्णाली स्पोटर््स क्लबलाई रु.१ लाख रुपैया नगद सहयोग गरेको हो । त्यसैगरी रुट्सले कर्णाली स्पोटर््स क्लबले असार २७ बाट गर्न लागेको एथलेटिक्स प्रतियोगितालाई समेत १ लाख ५० हजार रुपैया नगद रुपैया प्रदान गरेको छ ।

रुट्स फेसनका निर्देशक राजिव श्रेष्ठले कर्णाली स्पोर्ट्स क्लबका सञ्चालक हरि रोकायालाई चेक हस्तान्तरण गरे । यस पटक १ मे देखी ३१ मे सम्म शु एक्सचेन्ज कार्यक्रम चल्ने भएको छ । त्यस्तै रुट्सले यसपाली शु एक्सचेन्जबाट प्राप्त जुत्ताहरु कर्णाली स्पोटर््सलाई क्लबलाई नै प्रदान गरिने बताएको छ ।
उक्त अफरमा सहभागी उपभोक्ताले पुरानो जुत्ता छोडेर नयाँ जुत्ताको खरिदमा आकर्षक छुट पाउने छन् । ७ हजार ९ सय ९९ रुपैंया सम्म मुल्य पर्ने जुत्ता खरिद गर्न चाहेमा पुरानो जुत्ता ल्याउनेले २ हजार रुपैयाँ छुट पाउने छन् ।

यसैगरी त्यो भन्दा माथि मुल्यको जुत्तामा भने ३ हजार रुपैयाँ छुटको ब्यबस्था रहेको छ । पुरानो जुनसुकै ब्राण्डका लगाउन मिल्ने स्पोटर््स सुज ल्याउन सकिने बताईएको छ ।