आरसीटीका प्रशिक्षक कपालीको निधन

0
Shares

काठमाडौं, (नेस)
रानीपोखरी कर्नर टिम (आरसीटी) का प्रशिक्षक बैजुनाथ कपालीको मंगलबार निधन भएको छ । नेपालकै पुरानो ए डिभिजन क्लब आरसीटीबाट समेत खेलिसकेका बैजुको ग्रान्डी अस्पतालमा निधन भएको क्लबले जनायो ।

कपालीको मष्तिष्कघात भएको थियो । आरसीटी हाल बी डिभिजनमा रहेको छ । उनकै नेतृत्वमा हालै भएको बी डिभिजन लिगमा आरसीटीले उपाधि जितेको थियो । तर रेलिगेसन नभएको हुँदा यो इतिहास बोकेको क्लब फेरि ए डिभिजनमा उक्लिन पाएन ।