वनमन्त्री बस्नेत कतार प्रस्थान


काठमाडौँ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ‘एशिया कोपरेशन डाइलग’ ९एसिडी० को १६आँै सम्मेलनमा भाग लिन आज कतारको दोहा प्रस्थान गर्नुभएको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा मन्त्री बस्नेत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँले सम्मेलनअन्तर्गत बुधबार हुने सदस्य राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्नहुनेछ । मन्त्री बस्नेतसँग परराष्ट्र मन्त्रालयका सम्बन्धित विभाग हेर्ने अधिकारी पनि सहभागी हुनुहुन्छ ।

सम्मेलनअन्तर्गत आज सदस्य राष्ट्रहरुका वरिष्ठ पदाधिकारीस्तरीय बैठक भएको छ । सन् २००२ मा स्थापना भएको ‘एसिडी’ क्षेत्रीय सङ्गठन हो । एशियाली देशबीच एकता बढाउन स्थापना भएको यस सङ्गठनमा एशियाका ३४ राष्ट्र सदस्य छन् । नेपाल २०१६ मा ‘एसिडी’को सदस्य बनेको हो । मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनसम्बन्धी विषयमा पनि धारणा राख्नुहुनेछ ।
रासस