बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ कोठियाघाट गेरुवा नदी किनार स्थित ओमकारेश्वर शिव पञ्चायन मन्दिरको परिसरमा सोमबार देखि पाँचौ पिण्डेश्वर शिव साधना शुरु भएको छ ।
अखिल ब्रह्माण्डका मालिक परम पिता परमात्मा श्री पिण्डेश्वर महादेवका असिम अनुकृपाले परम उद्धारकर्ता संकट मोचन स्वरुपी श्रदेय गुरुदेव श्री मदन बाबाको सानिध्यतामा सो कार्यक्रम शुरु भएको हो ।
शिव लक्ष्मी धाम बर्दियाको आयोजनामा बैशाख १६ गते देखि २० गते पाँच दिन सम्म हुने उक्त शिव साधनामा नेपाल, भारत र गैरआवासीय नेपाली भतmजन तथा अनुयायीहरुको सहभागितामा भक्ति, भजन, संगीत, सत्सँग र योगका साथै सवै प्रकारका रोग, दोष, बिघ्न र बाधाको उद्धार समेत भईरहेको छ ।
सनातन हिन्दु धर्म, संस्कृति, संस्कारको संरक्षण तथा सम्बद्र्धन र बर्दियामा धार्मिक पर्यटन को विकास गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा पहिलो दिनमै २ हजार ५ सय जना भक्तजन तथा अनुयायीहरु को नाम सुचीकृत गरिएको र कार्यक्रको अन्तसम्म करिब ३ हजार जना भक्तजन तथा अनुयायीहरुको सहभागिता हुने कुरा शिव लक्ष्मी धाम जिल्ला शाखा बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बताउनु भयो ।











प्रतिक्रिया