नेपाल शिक्षक महासंघ दार्चुलाको अध्यक्षमा सामन्त


किरन धामी, दार्चुला ।
विभिन्न संगठनमा आबद्ध शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ दार्चुलाको अध्यक्षमा नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिका सचिव राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका प्रधानाध्यापक राजेश सिह सामन्त सर्वसम्मतीबाट अध्यक्ष पदमा चयन हुनु भएको छ । जिल्लाका नौ वटै स्थानिय तहमा पालिका स्तरीय कार्यसमिति गठन भैइसके पछि जिल्ला स्तरीय कार्यसमिति मंगलबार चयन भएको हो ।

जिल्ला कार्यसमितिको सहअध्यक्षमा एकिकृत नेपाल शिक्षक संगठनका विनोद कुवर, उपाध्यक्षमा नेपाल शिक्षक संगठनका जगत सिह चैसिर, सचिवमा संगठनकै नारायण जोशी, सहसचिवमा नेपाल शिक्षक संघका दमोदर जोशी र महिला सहसचिवमा एकिकृत नेपाल शिक्षक संगठनका मानमती धामी चयन भएको नवनिर्वाचित अध्यक्ष राजेश सिह सामन्तले जानकारी दिनुभयो ।

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति २६ सदस्यीय गठन गरीएको उहाले बताउनु भयो । कार्यसमितिमा नेपाल शिक्षक संघले ४ जना, नेपाल शिक्षक संगठनले ३ जना, एकिकृत नेपाल शिक्षक संगठनले २ जना सदस्य प्राप्त गरेको छ । कार्यसमितिमा लेखापाल तथा कार्यालय सहयोगीहरुको छाता संगठन कर्मचारी परिषदले महिला उपाध्यक्ष र २ जना सदस्य प्राप्त गरेको उहाले जानकारी दिनुभयो ।
जिल्लाका नौ स्थानिय तहमा समेत यसअघि सहमतीका आधारमा नेपाल शिक्षक महासंघ स्थानिय कार्यसमिति गठन भैइसकेको छ ।

जिल्लाका नौ वटा स्थानिय तह मध्ये ४ स्थानिय तहमा नेपाल शिक्षक संघको नेतृत्वमा कार्यसमिति गठन भएको छ, भने ३ स्थानिय तहमा नेपाल शिक्षक संगठन र २ स्थानिय तहमा एकिकृत नेपाल शिक्षक संगठनको नेतृत्वमा स्थानिय कार्यसमिति गठन भएको अध्यक्ष सामन्तले जानकारी दिनुभयो ।

जिल्लाका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, ब्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकामा नेपाल शिक्षक संघको नेतृत्वमा स्थानिय कार्यसमिति गठन भएको छ । यस्तै महाकाली नगरपालिका, लेकम गाउँपालिका र नौगाड गाउँपालिकामा नेपाल शिक्षक संगठन र मार्मा र दुहुँ गाउँपालिकामा एकिकृत नेपाल शिक्षक संगठनको नेतृत्वमा कार्यसमिति गठन गरिएको उहाले बताउनु भयो । जिल्लामा १३ सय जना शिक्षक विभिन्न संघ संगठनमा आबद्ध रहेका छन् ।