लागूऔषध आईससहित छ जना पक्राउ


काठमाडौँ ।
प्रहरीले लागूऔषध आईससहित छ जनालाई पक्राउ गरेको छ । काठमाडौँको छाउनीस्थित द फुड हेभेन क्याफेमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अनिल भुजेल, सिनामंगलका रन्जित तिवारी, थापाथलीका दिपेन्द्रलाल श्रेष्ठ, कालिमाटीका नबिन मानन्धर, काभ्रेका सुजन तामाङ र काठमाडौँ नारायणस्थानका सरोज सिलवाल रहेका छन् ।

उनीहरुको साथबाट ७३४ ग्राम मेथामेफेटामाईन (आईस ड्रग्स), तौलने उपकरण र सेवनगर्ने सामाग्रीसिहत नौ थान मोबाईल र १ लाख ७७ हजार नगद समेत बरामद गरिएको प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार उक्त क्याफेमा प्रतिग्राम १० हजार रुपैयाँमा विक्रीवितरण हुने आईस ड्रग्सको कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको प्रहरीले जनाएको छ ।

यसबासे थप अनुसन्धान भइरहेकाे छ ।