निजी फर्मद्धारा निःशुल्क बोयर बाख्रा वितरण


रोल्पा ।
निजी लगानिमा संचालित एक बाख्रा फर्मका संचालकले निशुल्क बोयर बाख्रा विरण गर्नु भएको छ । सुलिनस्मृती गाउँपालिका ४ धनमुढामा बाख्रा फर्म संचालन गरेका नेत्र महराले निशुल्क बाख्रा विरतण गर्नु भएको हाे ।

महराले किसानका लागि उन्नत वीउबिजन कार्यक्रमको ५० प्रतिशत अनुदानमा बाख्रापालन फार्मका संचाललन गर्नु भएको छ । आफ्नो फर्ममै आज एक औपचारीक कार्यक्रमका गरिविको रेखा मुनी रहेका दुइ जनालई बाख्रा बितरण गर्नु भएको छ ।

महराले रोल्पा नगरपालीका ५ जेदबाङकि लालसरी कवर र सुनिल स्मृति गाउँपालीका ४ बाग्माकि निमकला महरालाई निःशुल्क १–१वटा उन्नत जातको बोयर बाख्रा बितरण गर्नु भएको बताइएको छ ।

बाख्रा वितरण कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब सांसद लेखनाथ आचार्य, सुनिल स्मृति गाउँपालीका ४ का बडा अध्यक्ष गन्जबहादुर क्षेत्री, पत्रकार महासघ रोल्पाका सस्थापक अध्यक्ष काँशिराम डाँगी लगायतको उपस्थिति रहेको थियो ।

बाख्रा फर्म संचालकले हरेक बर्ष गरिब घरधुरि मध्यबाट यसरीनै बाख्रा निःशुल्क वितरण गर्ने गरेको फार्म संचालक महराले जानकारी दिनु भएको छ । हाल महराले संचालन गरेको उक्त, बाख्रा फार्ममा ७० वटा उन्नत जातका बाख्राहरु पालिएको छ ।