विवाह नगरी ३५ वर्ष पुगेपछि वीर्य भाडामा लिएर आमा बन्छुः सावित्री सुवेदी


नेपाल समाचारपत्र, काठमाडौँ ।
जय नारीको नारा बोकेर नारीको न्यायकालागि लड्दै आएकी सावित्री सुवेदीले आफु ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् । पेटिकोट प्रदर्शन गरि चर्चामा आएकी सुवेदी पुरूषको वीर्य भाडामा लिएर बच्चा जन्माउने बताएकी हुन् ।

उनले आफु निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागि लडीरहने पनि बताएकी छ्न् ।

३५ वर्षमा एक्लै अथवा विवाहनै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने सुवेदीको भनाई छ । यसका साथै उनले पत्रकार गंगा लामा माथि आक्रोस पनि पोखेकी छिन् ।