स्वास्थ्य चौकीकै अनमीलाई उच्च रक्तश्राव


अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको मेल्छाम गाउँमा रहेको स्वाथ्य चौकीमै अनमी उच्च रत्तश्रावको सिकीस्त विरामी परेकी छन । चंखेली गाउँपालिका ६ स्थित मेल्छाम स्वास्थ्य चौकीकी अनमी उच्च रत्तश्रावले थलिएकी छिन । दाङको घोराही नगरपालिका १५ स्थाई घर भएकी ३५ वर्षीय निशा नेपालीको गएराति १ बजेबाट अत्याधिक रत्तश्राव बढेको छ ।

रातिबाट एकासी बिरामी भएपछि स्वास्थ्यचौकीमा छटपटाई रहेको मेल्छाम स्वास्थ्य कार्यरत अनमि चौकी अनमी बेलसरा बुढाले बताइन् ।
तीन महिना पहिले गर्भ तुहिय पछि औषधी सेवन गरेर आएकी विरामी अनमी नेपाली बुढा बोल्नसमेत गाह्रो भएको बताएका छन । उच्च रत्तश्राव भएकी नेपालीको उपचार संगै उद्धारको लागि केन्द्र बाट हेलिको व्यवस्था गर्ने पहल भईरहेको प्रमुख जिल्ला अधिकारी धोकलकराज ढंकाले बताए ।