विद्यार्थी नेता चयन गर्न एभरेष्टमा निर्वाचन


विराटनगर ।
विद्यार्थीहरुको नेता चयन गर्न मंगलबार विराटनगरस्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा निर्वाचन भएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुको नेता चुन्न मतदान सम्पन्न भएको हो । विद्यालयका कक्षा ५ देखि १० सम्मका १ हजार २ सय ६८ जना विद्यार्थीले मतदान गरेका छन् । हेड व्याय र हेड गर्लको दुई पदमा ९ जनाले उम्मेदवारी दिएका छन् ।

यो प्रकृयाले राजनिति र लोकतान्त्रिक अभ्यासका विषयमा आफूहरुलाई जानकारी दिएको उम्मेदवार विद्यार्थीहरुले प्रतिकृया दिएका छन् । उनीहरुले आफूहरुलाई थप जिम्मेवारी बोध समेत गराएको बताएका छन् ।

प्याब्सनका अध्यक्ष समेत रहेका विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले हेड व्याय र हेड गल छनौट गर्नुको मुख्य उद्देश्य विद्यालयको प्रशासनिक युनिटसँग विद्यार्थीलाई सहभागिता गराउनु रहेको बताउनुभयो । यस्तै विद्यार्थीबाट विद्यार्थीलाई नै अनुशासन र संस्कार सिकाउन समेत सघाउ पु¥याउने बताउनुभयो ।

निर्वाचनका सम्पूर्ण प्रकृया आत्मसाथ गर्दा विद्यार्थीहरुलाई लोकतान्त्रिक मुल्य–मान्यताको अभ्यास हुने भन्दै उनले यो पनि विद्यार्थीहरुको एउटा शिक्षा रहेको तर्क गर्नुभयो । कक्षागत रुपमा लामबद्ध भएका विद्यार्थीहरुले आ–आफ्ना उम्मेदवारहरुलाई गोप्य मतदान गर्नुभएको हो । निर्वाचित हुने उम्मेदवारले सपथग्रहणपछि आफ्नो कार्यकाल शुरु गर्नेछन् । उनीहरुको कार्यकाल एक वर्षको रहने विद्यालयका भाइस प्रिन्सिपल टीन एन भण्डारीले बताउनुभयो ।

उहाँका अनुशार निर्वाचित उमेदवारले विद्यार्थीहरुको सामान्य समस्या हल गर्ने , जटिल समस्याका विषयमा विद्यालय प्रशासनलाई जानकारी गराउने, कक्षाका क्याप्टेन र भाईस क्याप्टेनलाई परिचालन गर्ने , आवश्यकता अनुसार कार्यक्रमको आयोजना र सञ्चालन ग र्ने लगायतका जिम्मेवारीहरु वहन गर्नुपर्दछ ।