फोरमभित्र चरम गुट, नेता सिध्याउन चलखेल


कृष्णउदास खनाल, वीरगन्ज ।
संघीय समाजवादी फोरम पर्सामा चरम गुटबन्दी देखिएका छ जसको असर अधिवेशनमा समेत स्पष्ट देखिएको छ ।
चरम गुटकै कारण प्रदेश नं २ का मुख्यमन्त्री समेत रहेका तर पर्सा जिल्लाका बासिन्दा लालबाबु राउतको समूह पार्टीको प्रदेश नं २ को पहिलो अधिबेशनमा नराम्ररी पराजित भएको छ ।

अहिले संघीय समाजवादी फोरम पर्सामा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत भन्दा पर्सा जिल्लामा पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवबीचमा गुट पार्टीभित्र चलिरहेको एक नेताले नेपाल समाचारपत्रलाइ बताए ।

सिरहाको लहानमा आइतबार भएको निर्बाचनको मत परिणाम अनुसार पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव समूहले जित हात पारेको छ भने मुख्यमन्त्री राउतका दुुईजना प्रमुख सहयोगी नै पराजित भएका छन्।

मुख्यमन्त्री स्वच्छता अभियानका संोजक समेत रहेका फोरको प्रदेश नंबर २ का सचिब सलाउद्दिन अहम्मद र मुख्यमन्त्रीको संसदीय बजेटका हर्ताकर्ता शेख समिर पराजित भएका हुन्।फोरमको प्रदेश नंबर २ अन्तर्गत पर्साको भागमा परेको ६ जना प्रदेश सदस्यमध्ये पाँच जना प्रदीप यादबको खेमाबाट निर्बाचित भएको बुझिएको छ ।

प्रदीप यादव खेमाबाट सिंहासन बलवार, शक्तिकपुर मियाँ, महाराज यादब, बीरेन्द्र यादब र मदन चौहान निर्बाचित भएका छन् भने सो खेमबाट प्रदीप सुुबेदी भने पराजित भएका छन्। ६ प्रदेश सदस्य रहेको पर्साबाट अर्का एकजना दीपक यादव निर्बाचित भएका छन्।

यादव मुख्यमन्त्रीका स्वकीय सचिब भए पनि व्यक्तिगत पहुँचका कारण निर्बाचि भएको फोरम पर्साका नेताहरुको बुुझाई छ। यद्यपी आफ्नो प्रदेशको अधिबेशनमा प्रदेश नंबर २ को एकमात्र महानगरपालिका वीरगन्जका मेयर बिजय सरावगी भने अनुपस्थित रहनु भएको थियो ।