बेपत्ता भएका शिक्षक मृत अवस्थामा फेला


सरिता चलाउने, सल्यान ।
सल्यानमा एक शिक्षक मृत अबस्थामा फेला परेका छन । जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा तुसारेका अन्दाजी ५० बर्षीय दिल बहादुर गिरी मगंलबार बिहान मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

४ दिनदेखि बेपत्ता भएका एक मगंलबार शिक्षक मृत अबस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनि बैशाख १४ बिहानदेखि बेपत्ता भएका थिए । माल्नेटाको पानेखोलामा रहेको लक्ष्मी आधारभुत विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक उनी घरबाटै वेपत्ता भएको भन्दै प्रहरी, परिवार र आफन्तहरुले तिव्र खोजी गरेका थिए ।

चार दिनसम्म खोजि गर्दा उनलाइ घरदेखि नजिकैको भिरमा स्थानीयले मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । शव फेला परेपछि प्रहरी घटना स्थल पुगेको थियो । यसबारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले बताउनु भएको छ ।