दुई वर्षमा ४८ वटा कानुन निर्माण


धनवीर दाहाल, रुकुम ।
जिल्लाको मुसीकोट नगरपालिकाले दुई वर्षको अन्तरालमा ४८ वटा कानुन निर्माण गरेको छ । स्थानीय निर्वाचन पछि बनेको नगर सरकारले आफ्नो दुइ बर्षे कार्यकालमा ४८ वटा कानुन निर्माण गरेको हो । पहिलो नगर सभाबाट ८ वटा, दोस्रोबाट १७ वटा, तेस्रोबाट १८ वटा र चौंथो नगर सभाबाट ५ वटा गरि जम्मा ४८ वटा कानुन निर्माण गरेको बताइएको छ ।

यस अघि तिन वटा नगर सभाबाट ४३ वटा कानुन निर्माण भइसकेको र चौंथो नगर सभाबाट थप ५ वटा कानुन निर्माण गरि पारित गरिएको नगर सभाका सदस्य तथा बिधेयक समितिका संयोजक हिमबहादुर पाण्डेले जानकारी दिनुभयो । चौंथो नगर सभाबाट सुशासन कार्यबीधि २०७६, नदि तथा अन्य सार्बजनिक क्षेत्रको सरसफाइ सम्बन्धी कार्यबीधि २०७६ र वालगृह सञ्चालन कार्यबीधि २०७६ पारित गरिएको छ ।

त्यसैगरि एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७६ र मदिरा नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धी बनेको बिधेयक २०७६ पनि हुने पारित गरिएको छ । यमुना नन्द नमुना माबिको प्राङ्गण मुसीकोट ५, सेरीगाउँमा नगरपालिकाबाट बनेका कानुन, बिषयगत समितिले गरेका निर्णय र प्रशासनिक क्षेत्रबाट भए गरेका सम्पूर्ण काम कार्बाही एबं नगर कार्यपालिको बैठकबाट गरिएका सबै निर्णयलाई अनुमोदन गर्दै नगरपालिकाको चौंथो नगरसभा पनि सम्पन्न भएको छ ।

सोमबार सम्पन्न नगरसभाले यस अघि भएको तेस्रो नगर सभाबाट बिनियोजित आर्थिक बर्ष २०७५÷०७६ का लागि बनेका नीति तथा कार्यक्रम र बजेटलाई समेत अनुमोदन गरेको छ । नगर सभामा नगर प्रमुख देबीलाल गौतमले पछिल्नो ६ महिनामा नगरबाट भएका सम्पूर्ण गतिबीधि र तयार पारिएका प्रस्ताबित कानुनहरु पेश गर्नुभएको थियो । नगर प्रमुख गौतमले छलफलका लागि पेश गरेको प्रतिबेदन सामान्य परिमार्जन सहित पास गरिएको छ ।