सडक खन्दा माथिबाट पहिरो झर्दा स्काभेटर कर्णाली नदीमा खस्यो

0
Shares

अर्जुन बोहरा, सिमकाट ।
हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पुनाथ सडक खण्डको घुम्ने ठाउँमा माथि बाट पहिरो जाँदा स्काईभेटर कर्णाली नदीमा खसेको छ । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक बिष्णु बुढा घाईते भएकका छन । घाईते चालक बुढा लाई उपचारको लागि जिल्लामा रहेको स्वाथ्य कार्यलयमा हुम्लामा पुराएको खार्पुनाथ गाउँपालिका प्रशासकिय अधिकृत चन्द्रविर शाहीले जानकारी दिनु भयो ।

घाईते टाउँकोमा र पेटमा गहिरो चोट लागेका हुन सक्ने बताएका छन । घाईते चालक लाई खार्पुनाथ स्वाथ्य चौकीले जिल्ला अष्पतालमा रिफर गरिएको छ । मंगलबार विहान ११बजे तिर खार्पुनाथ गाउँपालिका वडानं ५ स्थिती घुम्ने ठाउँम खार्पुनाथ सडक खण्डमा बाटो खन्ने क्रममा माथीबाट आएको पहिरोले ३० मिटरतल नम्बर पिलेट विहीनको स्काईभेटर कर्णाली नदिमा खसेको छ ।

घाईते हुने सर्केगाढ गाउँपालिका रोडिका निवासी ३५ वर्षीय कृष्ण बहादुर बुढा लाई उद्धार गरेको छ । स्काई भेटरले सडक खन्ने क्रममा माथि बाट आएको चट्टान सहितको पहिरोले कर्णाली नदिमा पुराए पछि चालक बुढा लाई स्थानीय बासिन्दा रसि दिएर उद्धार गरेको खार्पुनाथ गाउँपालिाक ओभसिअर गोखर बहादुर बिष्टले बताउनु भयो ।

स्काईभेटर हुम्ला कर्णाली नदिकै विचमा छ भने पानीकै वाहबले उद्धार गर्न समस्या भएको याक्चु प्रहरी लाई उद्धित गर्दे जिल्ला प्रहरी नावउ परिक्षक राम प्रसाद घर्तिमगरले बताउनु भयो । त्यस्तै स्काईभेटरका सह–चालक विष्णु प्रसाद श्रेष्ठ समान्य घाइते भएका छन। घाइतेलाई स्थानीय अस्पतालमा उपचार गराईएको छ ।

घटनास्थलमा प्रहरी चौकी याक्चु बाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको र घटनाका बारेमा मुचुल्का गरेको छ ।