जिल्ला इन्चार्जसहित विप्लवका १० कार्यकर्ता प्रक्राउ


दयाराम पण्डित, बाजुरा ।
जिल्ला प्रहरी कार्यालय बाजुराले बिप्लप समुहका बाजुरा ईन्चार्ज सहित १० कार्यकर्ता प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा बाट खटिगएको प्रहरी टोलीलले बुढिगंगा नगरपालिकाका १ अम्कोटबाट मंगलवार विहान प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख उद्धब सिं भाटले वताए ।

प्रक्राउ पर्नेमा बाजुरा ईन्चार्ज भुप्रेन्द्र विक, सचिब भरत थापा, जिल्ला कमिटी सदस्य अंगराज भण्डारी र पबित्रा बिक रहेका छन् । त्यसैगरी बिद्यार्थी कमिटिका गोरख रोकाया, समिक्षा बिक, सुशिला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई मंगलवार बिहान ५ बजे प्रहरी प्रमुख उद्धब सिं भाटको नेतृवमा गएको टोलीले प्रक्राउ गरेको हो ।

प्रहरीले प्रक्राउ सँगै उनिहरुबाट डेटोनेटर २ वटा, हेन्डग्रिनेट २ वटा त्यस्तै २ पाकेट गन पाउडर बरामत गरेको वताइएको । त्यस्तै लाखै रकम चन्दा संकलन गरेको चन्दा रसिद पनि फेला पारेको प्रहरी प्रमुख भाटले वताएका छन् । प्रहरीले उनिहरु गाँउमा गएर चन्दा संकलन गरिरहेको साथै बिप्लब समुहका बिभिन्न गतिबिधि गर्दै आएको आधारमा उनिहरुको खोजी खोजी प्रक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।
प्रक्राउ परेका बिप्लव समुहका कार्यक्रतालाई मुद्धा चलाउने जनाएको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार बिस्फोटक पदार्थ सम्बन्धि कसुर ऐन लगाईने प्रहरी जनाएको छ । त्यस्तै दफा ५० अनुसार राज्य द्रोह मुद्धा चलाउने प्रहरी प्रमुख भाटले वताए ।