२५ हजार घुससहित वडाध्यक्ष पक्राउ

0
Shares

राजविराज, (नेस)
सर्वसाधारणसँग २५ हजार रुपैया घुस लिदै गर्दा सप्तरीमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष मो. शिल्टु मियालाई सोमबार विहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्व क्षेत्री कार्यालयको टोलीले पक्राउ गरेको हो ।

जग्गा नामसारीका लागि सिफारिस गर्न उनले सर्वसाधारणसँग घुस लिएको श्रोतले जनाएको छ । ‘वावुको नामवाट छोराको नाममा सार्नुपर्ने जग्गा नामसारीको सिफारिस गरे वापत उनले पहिला आफनो नाममा ३० लाखको तमसुक वनाउन लगाएका थिए ।

२५ हजार नगदै दिने सर्त थियो’ श्रोतले भन्छ–‘जग्गा नामसारी भएपछि २ कठ्ठा जग्गा दिनु पर्ने र त्यसपछि तमसुक च्यात्ने सर्तमा वडा अध्यक्ष सिफारिस दिन तयार भएका थिए ।’
अख्तियारको टोलीले मियाँलाई थप अनुसन्धानका लागि ईटहरी स्थित सम्पर्क कार्यालय लगेको छ ।