सामुदायिक विद्यालयमा भर्नाको चाप बढ्दो, प्रवेश परीक्षा लिएर मात्रै भर्ना

0
Shares

रामचन्द्र विक, रामेछाप
सदरमुकाम मन्थलीमा रहेको मन्थली माविमा विभिन्न विद्यालयहरुबाट भर्ना हुन आउने विद्यार्थीको चाप बढ्दो रहेको छ । विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आन्य विद्यालयबाट मन्थली माविमा भर्ना हुन आउने विद्यार्थीहरुलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्दै आएको छ  । यसरी भर्ना हुन आउने विद्यार्थी कक्षा १ देखि कक्षा १० सम्मका रहने गरेको विद्यायले जानकारी दिएको छ ।

भर्ना हुन आएका विद्यार्थीलाई प्रवेश परिक्षामा सहभागी गराउने र परिक्षामा उतिर्ण भएका विद्यार्थीले मात्रै भर्ना हुन पाउने मन्थली माविका प्रधानाध्यपक टंक प्रसाद दाहालले बताउनुभयो । नमूना माविको रुपमा परिचित मन्थली माविमा जिल्लाका निजी विद्यालय र सामुदायिक विद्यालयबाट विद्यार्थीहरु आउने गरेको प्रधानाध्यपक दाहालले बताउनुभयो ।

प्रवेश परिक्षामा सहभागी विद्यार्थीहरु मध्ये ५० प्रतिशत माथी उतिर्ण हुने गरेको मन्थली माविका शैक्षिक प्रमुख चन्द्रसिं धामीले बताउनुभयो । पहिलो प्रवेश परिक्षामा उतिर्ण नभएका विद्यार्थीहरुलाई पुनः मौका परिक्षा दिने ब्यवस्था मिलाइएको धामीले बताउनुभयो ।

जिल्लाका अन्य विद्यालयहरु भर्ना अभियान नै चलाएर घरघरमा पुगीरहेका बेला मन्थली माविमा भने भर्ना हुने विद्यार्थीको भीड लागेको छ । मन्थली माविले पछिल्ला वर्षहरुमा एसएलसी तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर अफूलाई जिल्लामै गुणस्तरिय शिक्षामा परिचत गराएको छ । जसको कारण गुणस्तरिय पढाइ र अनुशासित विद्यार्थीहरु भए पछि यो भर्नाको समयमा यो भिड देखिएको हो । विद्यालयले विगत ३ वर्षदेखि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिदैँ आएको छ ।

मन्थली माविमा हाल करिब एक हजार बढी विद्यार्थीहरु अध्ययनरत छन्  । बिहान १० बजेभित्र कक्षा कोठा भित्र विद्यार्थी र शिक्षक प्रवेश गरीसक्नु पर्छ । कक्षा कोठामा छिरिसकेपछि राष्ट्रिय गान, योगा, लगायतका अभ्यासहरु गरीसके पछि मात्रै पढाई सुरु हुन्छ ।
विद्यालयले प्रत्येक हप्ताको शुक्रबार सबै कक्षाका विद्यार्थीको परिक्षा लिई कमजोर भएका विद्यार्थीहरुलाई पढाई सुधार गर्न सुझाव तथा राम्रो परिणाम ल्याउने विद्यार्थीहरुलाई पुरस्कारको ब्यवस्था समेत गरेको छ ।