चार करोडको लागतमा फेवातलमा नमुना पार्क

0
Shares

विजय नेपाली, पोखरा
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको लगानिमा फेवाताल किनारमा ८० फिट अग्लो राष्ट्रिय झण्डा सहितको नमुना पार्क बन्ने भएको छ । सोमवार प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङ, महानगर प्रमुख मानबहादुर जिसि लगायतको सहभागितामा शिलान्यास समेत भएको छ ।

पार्कको शिलान्यास गरि मुख्य मन्त्री गुरुङले पर्यटकीय गन्तब्य विस्तार गर्ने योजना सहित पार्क निर्माणको परिकल्पना गरिएको बताउनुभयो । तर पोखराको फिर्के खोलामा फालिने फोहोरको कारण ताल दिन प्रतिदिन पुरिदै जादा समेत कुनै कदम चालिएको देखिदैन । मुख्य मन्त्री भन्नुहुन्छन “पर्यटनबाट नै गण्डकी प्रदेशले समृद्धि चाहान्छ, त्यसका लागि संरचना बनाउनुपर्यो, जसकालागि यो पार्क महत्वपूर्ण गन्तब्य हो ।“ तर मुख्य मन्त्री निवासकै छेउमा मिसिएको फिर्के तर्फ भने ध्यान गएको देखिदैन ।

फेवातालको संरक्षण भए मात्र अन्य गतिविधि गर्न सकिन्छ होइन भने तालपुरिदै जाने अनि पार्क मात्र भएर त्यसको औचित्य कहाँ पुग्ने हो देखिदैन । मुख्य मन्त्री निवास छेउमै ढल मिसिदा समेत मौन देखिने निकाय चार करोसको पार्क तर्फ उन्मुख हुँदा कस्तो सन्देश जाला ? बन्न लागेको पार्क समेत सोही क्षेत्र तर्फनै पर्दछ, चार करोडको लगानीमा बन्ने पार्क नजिकै बाट प्रत्यक्ष फोहोर तथा हिलोले पुरिदै गएको ताल देख्न सकिन्छ ।

पार्क होइन फेवाताल संरक्षण गर्ने कि ?

पोखराका तालहरु र सुन्दरताको संरक्षण गर्न पोखरा महानगरपालिकासँग प्रदेश सरकार पनि सँगै रहेको सन्देश कार्यक्रमले दिएको मुख्य मन्त्री गुरुङले बताउनु भयो । ताल संरक्षण विकास प्राधिकरणको गठन पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रदेश सरकार र महानगरको ५०÷५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको छ । ४ करोड लागतमध्ये आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ ।

पार्कको पहिलो चरणको काम गर्न विनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ । ‘१ करोड ९ लाखको टेण्डर निकालेका हौं । ७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भयो, महानगरका प्रमुख इञ्जिनियर शोभियत खड्काले भन्नू भयो । ७ रोपनी क्षेत्रफलमा बन्नलागेको पार्कमा ८० फिट अग्लो राष्ट्रिय झण्डा सहिट टिकट काउण्टर, पुल, फुट ट्रयाक, बाल उद्यान लगायत संरचना बन्ने छ ।

सोहि क्रममा बोल्दै महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने बताउनुभयो । ‘विदेशतिर गयो भने यो ठाउँ पुग्नैपर्ने भनेर लैजान्छन् । हामी पनि पोखरा आएका पर्यटकलाई यो पार्क घुम्नैपर्ने ठाउँ भनेर प्रचार गर्ने हो, उहाले भन्नू भयो –लेकसाईडका कारण छायाँमा परेको ड्यामसाईड अव चम्किनेछ । ड्यामसाईड पनि लेकसाईड हो भनेर प्रमाणीत गर्न यो पार्कको भूमिका ठूलो हुन्छ ।’

फेवाताल किनारमा करिब ४ करोडको लगानीमा निर्माण गरिने पार्कमा पहिलो चरणमा ४५ मिटर पर्खाल निर्माण, जग्गा सम्याउने, पार्क भित्र पैदल मार्ग निर्माण र दुबो लगाउन ७६ लाख २९ हजारमा बिनु कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । बिनु कन्स्ट्रक्सनलाई पहिलो चरणको काम सम्पन्न गर्न आगामी असार २० गते सम्म समय सिमा तोकिएको छ ।