काठमाडौँ महानगरपालिकामा न्यौपाने

0
Shares

काठमाडौं, (नेस)
महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरकारका सचिव केदार न्यौपानेले सोमबार पदबहाली गर्नुभएको छ । मन्त्री परिषद्को बैशाख २ गतेको निर्णयले उहाँलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो ।
पदवहाली गर्नुअघि आयोजित स्वागत कार्यक्रममा उहाँले सार्वजनिक सेवा प्रदायकसँग समन्वय गरेर एकीकृत बिकास पद्धतिको स्थापना गर्नमा आफ्नो मुख्य योजना रहेको बताउनुभयो ।

महानगरको प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले छरिएका कार्यालय र साबिक व्यवस्थामा महानगरमा सेवा शुरु गरेका कर्मचारीको समायोजन अहिलेको प्रमुख समस्या भएको उल्लेख गर्नुभयो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सचिव यादवप्रसाद कोइराला, संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनुभएको छ ।