बालीघरे छाडेर सामूहिक आरन

0
Shares

सलिम अन्सारी, प्युठान
झिम्रुक गाउँपालिका १ का स्थानीय दलित मिलेर बालीघरे प्रथा छाडेर सामूहिक आरन सञ्चालन गरेका छन् । बालीघरे प्रथाबाट जीविकोपार्जन गर्न समस्या भएको भन्दै दलितहरूले सामूहिक आरन सञ्चालन गरेका हुन् । सौतामारेका आठ दलित परिवारले सामूहिक रूपमा आरन सञ्चालन गरेका हुन् ।

व्यक्तिगत रूपमा आरन सञ्चालन गर्दा ज्यालाबापत अन्न लिने गरेका थिए । अहिले व्यावसायिक आरन सञ्चालन गर्दा फाइदा हुने गरेको उनीहरू बताउँछन् । गाउँपालिको २ लाख सहयोगमा स्थानीय राम बहादुर विक, दल बहादुर कामी, दिव बहादुर सुनुवार गोपाल विक, रुवु सुनुवार, विसाद विक टोप बहादुर विक झग बहादुर विकले सामुहिक रुपमा उद्योग संचालन गर्नुभएको हो। उद्योगमा अहिले खुकुरी, मुसेरी, दरवार भुजेली, खुडा, दावु बन्चरा लगाएत कृषिऔजारहरु बनाई रहेको दल बहादुर बिकले बताउनु भयो ।

’पहिले पहिले बाली प्रथामा काम गर्दा जीविकोपार्जनमा समस्या हुने गरेको थियो,’ उहाले भन्नुभयो, ’अहिले प्रतिपरिवार मासिक १५ सयसम्म कमाइ हुने गरेको छ ।’ उहाले क्रमशः लगानी वृद्धि गर्दै उद्योगका रूपमा विकास गर्दै लगिने बताउनुभयो ।

पुर्खाले गर्दै आएको परम्परालाई आधुनिकीकरण गरेकाले फाइदा पनि राम्रो हुने गरेको आरनका सञ्चालकले बताएका हुन । गाउँमा आरन उद्योग संचालन भए पछी आवाश्यक परेको समयमा सामाग्रि पाउन सजिलो भएको वडा अध्यक्ष धुर्व खनालले बताउनुभयो ।