नगरपालिकाले दियो वादी समुदायलाइ जग्गा

0
Shares

विमल विष्ट, डोटी
जिल्लामा वर्षौदेखि भूमिहिन अर्थात् सुकुम्बासी भएर बसेका बादी समूदायहरुकालागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किने छ । आफनो जग्गा जमिन नभएर सडक किनारामै बसेर जिवन यापन गरीरहेका यहाँका बादी समूदायकालागि रु १२ लाखमा जग्गा किनेर हस्तान्तरण गरिएको हो ।

नेकपाका उपाध्यक्ष तथा एमाले नेता भीम रावलले दिपायल सिलगढी नगरपालिकाले किनेको जग्गा आज एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ । जग्गा हस्तान्तरण कार्यक्रममा बोल्नु हुदै नेता रावलले एमाले नेता माधकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा जनता आवास कार्यक्रम लागु भएर जग्गा किन्ने र घर बनाउने योजना अघि बढेको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्नु हुदै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जग्गा जमिन नभएर दिपायलका सडक किनारामा बस्दै आएका बादी समूदायको समस्यालाई बुझेर हामीले जग्गा किनेको बताउनुभयो ।

आफनो नाममा सानो पनि जमिन नहुँदा यहाँका बादी समूदायहरु वर्षौ देखी सडक किनारामा बस्दै आउनुका साथै दैनिक मजदुरी गरेर पेटपाल्न बाध्य भएका थिए । नगरपालिकाले जग्गा किनेपछि अहिले दिपायलका बादी समूदायहरु निकै खुसि भएकाछन् । नगरपालिकाले जग्गा किने सँगै यहाँका बादीहरुको सडकमा बस्ने समस्यापनि समाधान भएको दिपायलका स्थानिय तथा नेकपाका नेता गणेशदत्त भट्टले बताउनुभयो ।

आफुहरुलाई जग्गा किने सँगै आयआर्जन तथा सिपमुलक तालिम दिने व्यवस्था गररिदिन स्याम बादीले नगरप्रमुख मञ्जु मलासी सँग माग गर्नु भएको छ । जग्गा किने सँगै बादीहरकालागि केही महिना भित्रमै घर निर्माणकालागि पहल गरिने दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख मलासीले जानकारी दिनुभयो ।

त्यसैगरी नेता रावलले दिपायल स्थित घोल्तडा र पिपलला जोड्ने झोलुंगे पुलको सिलान्यास सहित सेती नदीमा जलासय गर्नकालागि नगरपालिकाले किनेको ¥याफिटिङको समेत आजै उद्घाटन गर्नुभएको छ ।