दलित बस्तीमा खानेपानी योजना

0
Shares

महेन्द्रनगर, (नेस)
भीमदत्त नगरपालिका–१० श्रीलंका टोलमा खानेपानी योजनाको शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले श्रीलंका खानेपानी उपभोक्ता तथा सरसफाइ योजनाको शिलान्यास गर्नुभएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीसित खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सम्झौता गरिएपछि योजनाको औपचारिक रुपमा शिलान्यास गरिएको छ । श्रीलंका टोल सहित वरपरका ६० घरधुरीका वासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउन योजना सञ्चालन गरिएको छ ।

स्थानीय तह निर्वाचनका क्रममा गरिएका प्रतिवद्धता अनुसार नगर प्रमुख विष्टले गत वर्ष स्थानीयलाई बाढीको समय आउजाउका लागि रेडक्रस सोसाइटीसित साझेदारी गरी कल्भर्ट निर्माण गर्नुभएको थियो ।
कल्भर्टसम्म पुग्ने बाटो ग्राभेलिङ्गका लागि बाटोको सीमा यकिन गर्न स्थानीयसित छलफल थालिएको छ ।

श्रीलंका टोल सहित भीनपा–२ र ८ मा खानेपानी योजना सञ्चालनका लागि पहल गरिएको नगर प्रमुख विष्टको भनाइ थियो । खानेपानी उपभोक्ता तथा सरसफाई योजना समितिका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा अध्यक्ष परमानन्द जोशी, वडा सदस्यहरु भवान सिह ठगुन्ना, प्रेम बहादुर चन्द लगायतका सहभागी भएका छन् ।