रक्षामन्त्रीद्वारा हावा हुरी पीडितसंग अन्तरकृया

0
Shares

काठमाडौ (नेस) । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बाराको हावाहुरी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि नेपाली सेनाले सञ्चालन गर्ने अपरेशन ’जनता आवास’ (बारा र पर्सा जिल्ला) को स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय जनप्रतिनिधी र हावाहुरी पिडितसँग अन्तरक्रिया गर्नु भएको छ ।

हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रका विभिन्न १२ ठाउँमा नेपाली सेनाले १२ वटा समूह बनाएर एकै पटक घर निर्माणको काम थालनी गरी आउँदो वर्षा अगावै सम्पन्न गर्ने बताउनु भएको थियो । हावाहुरी प्रभावितका लागि नेपाली सेनाले गर्न लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत कुरा तथा राजनीतिक दवावले प्रभाव नपार्ने समेत उहाँले बताउनु भएको थियो ।

सोही अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार हावाहुरीबाट पिडित प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालयसमेत हुने गरी दुईकोठे घर निर्माण गरिने बताउनु भएको थियो ।
उक्त निरिक्षण भ्रमण कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डे, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका रथीबृन्द, उपप्रधान तथा रक्षामन्त्रीको निजी सचिवालयका स्वकीय सचिव, स्थानीय जनप्रतिनिधि, नेपाली सेनाका अधिकृतहरु, हावाहुरी पिडित र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।