स्पेनको सत्तारुढ समाजवादी पार्टीलाई बहुमत

0
Shares

म्याड्रिड,( एजेन्सी)
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले सोमवार संसदिय चुनावमा बहुमत प्राप्त गरी आफुलाई ठूलो दलको स्थापित गराउन सफल भएको छ । तर यस समाजवादी पार्टीलाई सरकार गठन गर्न आवश्यक स्पष्ट बहुमत भने प्राप्त भएको छैन ।

अति–दक्षिणपन्थी यस समाजवादी पार्टीले यसपटक संसदमा प्रवेश पाएसँगै स्पेनको राजनीतिक परिदृश्य थप अन्यौलपूर्ण भएको देखिन्छ । अब प्रधानमन्त्री सान्चेजले अन्य साना पार्टीहरुसँग मिलेर संयुक्त सरकार गठन गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

अतिराष्ट्रवादी भोक्स पार्टीको उदय अर्को चुनौतीको रुपमा देखिएको छ । यस पार्टीले करिव १० प्रतिशतको हाराहारीमा मत प्राप्तगरेको छ । भोक्स पार्टीले बहुसंस्कृति र अनियन्त्रित आप्रवासनको वृद्धिको विरोध गर्दैआइरहेको छ । सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको निधनपछि अति–दक्षिणपन्थीको उपस्थितिले स्पेनको राजनीतिमा खासै प्रभाव पार्न सकेको थिएन ।

सन् २०१७ मा क्याटालोनियाले स्पेनबाट अलग्गिन खोजेयता स्पेनमा राजनीतिक अस्थिरता बढ्नथालेको हो । अस्थिर राजनीतिकै कारण विगत चार वर्षको अवधिमा स्पेनले तेस्रो पटक संसदको निर्वाचन गर्नु परेको हो ।

कूल सिट संख्या ३ सय ५० रहेको स्पेनको संसदमा सान्चेजको समाजवादी पार्टीले १ सय २३ सिट जितेर खसेको कूल मतको करिब २९ प्रतिशत मत हासिल गरेको छ । सन् २०१६ मा समाजवादी पार्टीले ८५ स्थान मात्र जितेको थियो ।

राजधानी म्याड्रिडमा आइतबार आयोजित एक विशेष समारोहमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले समाजवादी पार्टीले चुनाव जितेको औपचारिक रुपमा दाबी गरेका थिए ।

तर यस चुनावमा अनुदारवादी पपुलर पार्टी ( पीपी ) ल भने निकै ठूलो पराजय व्यहोर्नु परेको छ । यस पार्टीले अघिल्लो चुनावमा १ सय ३७ सिट ल्याए पनि यस पटक यसले सिटमै चित्त बुझाउनु परेको छ ।

यसैगरी यस चुनावमा दुई वटा क्याटालान पृथकतावादी पार्टीले पनि राम्रो नतिजा हासिल गरेका छन् । सन २०१६ मा यी पार्टीले १७ स्थान जितेकामा यस पटक भने २२ स्थानमा सफलता हासिल गरेका छन् ।

विजयी भएका पाँच जना पृथकतावादी नेता अझै जेलमा थुनिएका छन्न् । तिनीहरु विरुद्धको मुद्दा स्पेनको सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

तर शुरुदेखि नै दक्षिणपन्थी पार्टीहरुले भने प्रधानमन्त्री सान्चेजले पृथकतावादीहरुसँग नरम व्यवहार गरेको र स्पेनलाई टुक्र्याउन खोजेको आरोप लगाउँदै आएका छन् ।