शृंखलाबद्ध बम विस्फोटपछि श्रीलंकामा बुर्का प्रतिबन्धित

0
Shares

कोलोम्बो,(एजेन्सी)
गत साता इस्टर सन्डे मनाउने क्रममा श्रीलंकाका चर्च तथा होटेलहरु माथि लक्षित गरी भएका शृंखलाबद्ध आत्मघाती बम विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । । उक्त आक्रमणमा करिब ४० विदेशी नागरिकको पनि मृत्यु भएको थियो ।

मारिएका ती विदेशी नागरिकहरु भारत, डेनमार्क, चीन, टर्की, नेदरल्याण्ड र पोर्चुगलका रहेका थिए । इस्लामिक स्टेट ( आइएस ) ले ति आक्रमणको औपचारिक रुपमा जिम्मेवारी लिएको थियो ।

गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतंककारी आक्रमणपछि २ सय ५३ जना भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का जस्ता पहिरन माथि सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरुले आइतबार घोषणा गरेको हो ।

पहिरन समबन्धीे उक्त प्रतिबन्धमा कुनै विशेष पहिरन उल्लेख नगरिएको भए तापनि यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरन बुर्का प्रति लक्षित रहेको बुझिएको छ ।

विगतमा पनि नै श्रीलंकाको संसदमा सुरक्षाको कारण देखाइदै बुर्कामाथि प्रतिबन्ध लगाउनु पर्ने आवाज उठ्ने गरेको थियो ।

श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताएका छन् । यस बुर्का प्रतिबन्धलाई पनि सुरक्षा व्यस्थापनका लागि आकस्मिक उपाय मध्येको एक भएको बताइएको छ ।

विगतमा श्रीलंकामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउने गरेका थिएनन् तर पछिल्ला केहि वर्ष यता भने महिलाहरुमा अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको पाइन्छ ।
आतंककारीहरुले बुर्काको आडमा विश्वका विभिन्न मुलुकमा साँघातिक आक्रमण गर्ने गरेको पाइएको छ ।