ट्रम्पद्वारा सन्चारमाध्यमसँगको रात्रिभोज तेस्रो पटक बहिस्कार

0
Shares

वासिङटन (एजेन्सी)
अमेरिकामा एकपटक पुन राष्ट्रपति डोनाल्ड ट्रम्प र सन्चार माध्यमबीच खुला युद्ध शुरु भएको छ । ट्रम्प लगातार तेस्रो बर्ष पनि सन्चार माध्यमसँग हुने वार्षिक रात्री भोजमा सहभागी भएनन् ।

यो रात्री भोज शनिबार भएको थियो तर ट्रम्पले यसलाई लत्याउँदै अर्को कार्यक्रममा सहभागी हुन विस्कोन्सिनमा गए । त्यहाँ उनले सन्चार माध्यम विरुद्ध पुरानै शैलीमा आपत्तीजनक टिप्पणीहरु गरे ।

ह्वाइट हाउसमा सन्चारकर्मीहरुसँगको रात्री भोजमा विद्यमान राष्ट्रपति सहभागी हुने चलन रहेकोमा ट्रम्पले लगातार उक्त कार्यक्रममालाई अस्विकार गर्दै आइरहेका छन् । ट्रम्प वासिङटनबाट १ हजार १ सय किलोमिटर टाढा एक र्यारीमा सहभागी बन्न गएका थिए । त्यहाँ उनी समर्थकहरुबीच बेसबल क्याप लगाई पुगे । र्यालीलाई सम्बोधन गर्दै उनले ९० मिनेटसम्म भाषण गरेका थिए ।

आफनो भाषणमा उनले सन्चार माध्यमका समाचारहरु झुठा हुने गरेको बताउँदै त्यसलाई आम नागरिकको दुश्मन भएको बताए । जनतामा अब उनीहरुमाथि विश्वास नरहेको बताउँदै मिडियाको रेटिंग गिर्दो क्रममा रहेको उनले बताए ।

ट्रम्प रात्री भोजमा उपस्थित नभएकोमा ह्वाइट हाउस संवाददाता संगठन (डब्ल्युएचसीए)का अध्यक्ष ओलिवर नोक्ससँग पनि प्रश्न तेस्र्याइएको थियो । यसमा ओलिवरले रात्री भोजमा उपस्थितहरुसँग आफुले ट्रम्पमाथि ध्यान केन्द्रित गर्न नचाहेको बताए । उनले ट्रम्पको बयानलाई पनि अस्विकार गरे । यो रात्री भोज कार्यक्रम वासिङटन हिल्टनमा दिइएको थियो र यसमा ह्वाइट हाउस एसोसिएसनका सबै सदस्य उपस्थित थिए ।

राष्ट्रपति पद सम्हाले देखि नै ट्रम्पको सन्चार माध्यमसँग तालमेल हुन सकेको छैन । ट्रम्पले कयौं ठुला सन्चार समुहलाई फेक भएको आरोप लगाइरहेको छ भने सन्चार माध्यमहरुले पनि उनका योजनाहरुको खुला आलोचना गर्दै आइरहेका छन् । ट्रम्प टेलिभिजन माध्यमभन्दा धेरै प्रभावशाली र आफनो मुख्य हतियार ट्विटर जस्ता सामाजिक सन्जाल प्लेटफर्मलाई मान्ने गरेका छन् । ट्रम्पको ट्विटरमा ६ करोड फलोअर्स छन् ।