२७० कर्मचारीको मृत्यु


जाकार्ता (एजेन्सी)
इन्डोनेसियामा चुनावको चपेटामा ओवरटाइम काम गर्नु पर्दा करिब २ सय ७० चुनाव कर्मचारीको मृत्यु भएको छ । चुनावमा खट्ने क्रममा ती कर्मचारीहरुको स्वास्थ्यमा अत्यन्त थकानसँग सम्बन्धित खराबी देखिएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियामा संसदिय तथा राष्ट्रपति चुनावका लागि दश दिन अगाडी मतपत्र मार्फत मतदान भएको थियो ।

अहिलेसम्म मतगणना प्रक्रिया जारी रहेको छ । इन्डोनेसियामा करिब १९ करोड ३० लाख मतदाता छन् । ती मध्य ८० प्रतिशत मतदान भएको थियो । मतगणनामा सरकारी तथा निजी करिब ७० लाख कर्मचारी खटिएका छन् ।