बीआरआई सम्मेलनः भारत जोड्ने ब्यापारिक मार्ग हटाइयो

0
Shares

बेइजिङ (एजेन्सी)
चीनले आफनो महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिव (बीआरआई) परियोजनाबाट बंगलादेश, चीन, भार, म्यान्मार (बीसीआईएम) इकोनोमिक कोरिडोरबाट हटाएको छ ।

चीनले आइतबार बीआरर्आ परियोजनाको नयाँ सुची जारी गरेको हो । शनिबार समाप्त भएको दोस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) ३७ देशका राष्ट्राध्यक्ष सहभागी भएका थिए । यस सम्मेलनमा ६४ अर्ब डलरको सहमतिहरु भएका छन् । सम्मेलनमा बीआरआई ले कुनै पनि देशको सम्प्रभुताको सम्मान गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

पहिलो बीआरएफ सम्मेलन सन् २०१७ मा भएको थियो । भारतले उक्त सम्मेलनमा चीन पाक इकोनोमिक कोरडोर (सीपेक)ले भारतको सम्प्रभुताको उलंघन भएको बताउँदै सहभागी हुन अस्विकार गरेको थियो । सीपीइसी राजमार्ग पाकिस्तान अधिनष्ठ काश्मिर (पीओके) भएर गएको छ ।

नयाँ सुचीमा दक्षिण एसियालीमा कयौं आर्थिक मार्गको नाम
बीआरएफको अन्तमा जारी गरिएको संयुक्त विज्ञप्तीमा कनेक्टिभिटीका लागि कयौं कोरिडोरको नाम जारी गरेको छ । दक्षिण एसियाली क्षेत्रमा सीपीईसी, नेपाल–चीन ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क, नेपाल चाइना क्रस बोर्डर रेलवे र चीन म्यान्मार इकोनोमिक कोरिडोर (सीएमइसी) समावेश गरिएको छ ।

६४ अर्बको सहमति, नेपाल–चीन जोड्ने बहुआयामिक सन्जाल

चिनियाँ राष्ट्रपति सी जिनपिंगले सन् २०१३ मा बीआरआई परियोजनाका घोषणा गरेका थिए । त्यतिबेला बीसीआईएम इकोनोमिक कोरिडोर यसमा समावेश गरिएको थियो । अब बीआरआईको नयाँ सुचीमा ३५ कोरिडोर समावेश गरिएको छ तर बीसीआईएमलाई हटाइएको छ । २ हजार ८ सय किलोमिटर प्रस्तावित सडकको यो आर्थिक मार्ग चीनका युनान प्रान्तको कुनमिंगदेखि भारतको कोलकातासम्म निर्माण गर्ने योजना थियो । यो ब्यापारिक मार्गमा म्यान्मारको मान्डले र बंगलादेशको ढाका पनि जोड्ने कार्यक्रम थियो ।

नेपाल–चीन ट्रान्स हिमालयन कनेक्टिविटी सन्जाल चीनको चेंगडुबाट शूरु भइ तिब्बत हुँदै नेपालमा टुंगिनेछ । त्यसैगरी १ हजार ७ सय किलोमिटर लामो चीन–म्यान्मार इकोनोमिक कोरिडोर चीनको हिन्द महासागर सम्म पहुँच बनाउने एक अर्को विकल्प प्रमाणित हुनेछ । यो चीनको युनान देखि मान्डलेमा समाप्त हुनेछ ।

चीनका राष्ट्रपति सी जिनपिंगले भनेका छन्– हामीले ब्यापक छलफल , संयुक्त योगदान र साझा हितका सिद्धान्त लागु गर्नु पर्नेछ । यसबाट सबैको राय सुन्न सकिनेछ । सबै आफनो पुर्ण क्षमतामा पुग्नेछ र सबै आपसी फाइदाका लागि एकसाथ उभिनेछ ।