उपाधि झापालाई

0
Shares

इलाम, (नेस)
जिल्लाको देउमाई नगरपालिकास्थित मंगलबारेमा सम्पन्न चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फूटवलको उपाधि झापा विर्तामोडको रेडस्टार एफसिले उचालेको छ ।

रेडहर्स इलामलाई सडन डेथमा पराजित गर्दै विर्तामोडले उपाधि चुमेको हो । झापाले उपाधिस“गै नगद २ लाख २२ हजार २ सय २२ रुपया“ र उपविजेता इलामले १ लाख ११ हजार एक सय ११ रुपया“मा प्राप्त गर्यो । निर्धारित समयमा १÷१ गोलपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

टाइब्रेकरमा पनि दुवै टिमले ४÷४ गोल गरेपछि जितको निर्णय सडन डेथमा भएको थियो । जसमा रेडहर्सका दर्शन गुरुङको प्रहार झापाका गोल रक्षक दिनेश थापाले जोगाउँदा इलाम उप विजेतामा समेटिएको हो ।