नेपाल समाचारपत्र
काठमाडौं
पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी र नेपाल एपीएफले उपाधि भिडन्त पक्का गरेका छन् ।
सोमबार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले होङगान्जी न्युडायमण्डलाई २५–१६, २५–२० र २५–१६ को सोझो सेटमा हराएको थियो । एपीएफका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी हिरा केसीले नगद ५ हजार र आकर्षक ट्रफि हात पारिन्् ।
दोश्रो सेमिफाईनल खेलमा आर्मीले नेपाल पुलिसलाई २१–२५, २५–१८, २८–२६ र २५–१३ कोे चार सेटमा पराजित ग¥यो । आर्मीका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी निरुता ढगुुन्नाले नगद ५ हजार र आकर्षक ट्रफि हासिल गरिन् ।
मंगलवार होङगान्जी न्युडायमण्ड र पुलिसबीच तेश्रो स्थानका लागि खेल हुने छ भने आर्मी र एपीएफबीच फाईनल खेल हुने छ । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख, उपबिजेताले १ लाख, तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् ।











प्रतिक्रिया