मनाङ भारत प्रस्थान

0
Shares

काठमाडौँ, (नेस)
एएफसीकप २०१९ अन्तर्गत समूह चरणको तेस्रो खेल खेल्न मनाङ मस्र्याङ्दी क्लब सोमबार भारत प्रस्थान गरेको छ ।

नेपालको ए डिभिजन लिग च्याम्पियन टोली समूह इ अन्तर्गत मनाङले बुधवार भारतीय क्लब मिनेर्भा पञ्जावसँग खेल्दैछ । खेलपञ्जावको घरेलु मैदानमा हुँदैछ । मनाङ र मिनेर्भाबीचको खेल बुधवार साँझ भुवनेश्वरस्थित कालिङगा मैदानमा हुनेछ ।

यसअघिका दुवै खेलमा पराजित भएको मनाङको लागि यो खेल जित्नैपर्ने दबाब छ। उता मिनेर्भाले भने दुवै खेल बराबरी खेलेको थियो।