एपीएफ चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)
विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा सोमबार भएको खेलमा एपीएफले एनआइविएल फ्रेन्डस् क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल गरेका थिए । फ्रेन्डसका बिकास लामाले एक गोल फर्काए ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता एपीएफले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै फ्रेन्डसले खेलको तेस्रो मिनेटमा डी–बक्स बाहिर प्राप्त फ्रिकिकलाई सदुपयोग गर्न सकेन ।

११औं मिनेटमा फ्रेन्डसले अर्काे मौका खेर फाल्यो । १६औं मिनेटमा आशिष लामाले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा ढिला प्रहार गर्दा फ्रेन्डस्का गोलरक्षक देव लिम्बुले दोस्रो प्रयासमा बचाएका थिए । १८औं मिनेटमा याया यान्निकको डी–बक्स बाहिरको प्रहार एपीएफका गोलरक्षक रोमन रसाइलीले मुस्किलले बचाए । २५औं मिनेटमा धिरज श्रेष्ठको शक्तिशाली प्रहारलाई गोलरक्षक रोमनले मुस्किलले बचाउदै गोल टारेका थिए ।

३०औं मिनेटमा प्रविन स्याङ्तानले पेनाल्टी एरियाभन्दा ठीक बाहिरबाट गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर, एपीएको त्यो अग्रता लामो सयम टिकेन । ३३औं मिनेटमा बिकास लामाले फ्रेन्ड्स क्लबका लागि बराबरी गोल फर्काए । डिफेन्डर सन्तोष कटुवालको गल्तीको फाइदा उठाउदै बिकासले सहजै गोल गरेका थिए । ३८औं मिनेटमा एपीएफले गोल गर्ने सुन्दर मौका खेर फाल्दा खेलमा पुन अग्रता लिने मौका गुमायो ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपीएफले सुधारिएको खेल पस्केपनि गोल भने गर्न सकेन । ४२औं मिनेटमा कप्तान सुदिप शिख्रकारको बक्स बाहिरको फ्रिकिक दोस्रो बारबाट थोरै बाहिरियो । ४९औं मिनेटमा राजेन्दै रावलको डि–बक्स बाहिरको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ६४औं मिनेटमा राम कुमार कुमालले वान भर्सेस वानमा गोल गर्न चुके ।

राम कुमारको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । ७७औं मिनेटमा धिरज श्रेष्ठको प्रहार पनि पोस्टमा लाग्दै फर्कदा फ्रेन्डसले खेलमा अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफको थप गरिएको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए ।

प्राविधिक कारणले खेल ४०–४० मिनेट र अतिरिक्त समय १०–१० मिनेट खेलाएको थियो । एपीएफका आशिष लामा खेलको म्यान अफ दि म्याच भए । उनले जनही ५ हजार रुपैया प्राप्त ग¥यो ।

दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा मंगलबार आयोजक दीपशखिा युवा समूह र ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लबबीच दिनको ठीक ३ बजे खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।