कोलकाताको मुम्बईमाथि सानदार जित

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
ओपनरको सानदार ब्याटिङ र तेस्रो नम्बरमा आएका ब्याटसम्यान एन्डे« रसेलको आक्रमक शैलीले कोलकाता नाइट राइडर्सलाई जारी आईपीएल १२ मा ६ हारपछि पहिलो जितको स्वाद चखाएको छ ।

आईतबार भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध ३४ रनको जित हासिल गरेको कोलकाताले लगातार हारको क्रम समाप्त गर्दै प्लेअफको आस पनि जिवित राख्यो । साथै यो कोलकाताको आईपीएलमा १ सयौं जित हो भने २०१५ आईपीएलपछि मुम्बईमाथि पहिलो जित पनि हो । ओपनर शुभमन गिलले ७६ रन र क्रिस लिनले ५४ रन जोडेका थिए ।

उनीहरुले टोलीलाई राम्रो शुरुवात दिलाउने क्रममा ९.३ ओभरमा ९६ रनको साझेदारी गरेका थिए । लिनले २९ बलमा ८ चौका र २ छक्का प्रहार गरेर चहरको बलमा आउट भएका थिए ।

लिनको विकेट लिए पनि मुम्बईले राहतको श्वास तान्न भ्याएन । एन्डे« रसेलको आक्रमक ब्याटिङमा कोलकाताले रन रेट बढाउँदै गएको थियो । शुभमन र रसेलले टोलीको स्कोर १ सय ५८ रनसम्म पु¥याए । हार्दिक पाण्ड्याको बलमा आउट हुन अगाडि शुभमनले ४५ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यसपछि रसेल र दिनेश कार्तिकले २८ बलमा ७४ रनको साझेदारी गरेर टोलीको बलियो स्कोर खडा गरेका थिए । कप्तान कार्तिकले १५ रनको मात्र सहयोग गर्दा रसेलले ५९ रन जोडेका थिए । म्यान अफ द म्याच रसेल ६१ बलमा ८ छक्का र ६ चौका प्रहार गरेर ८० रनमा नटआउट रहेका थिए । यसले टोलीको यस सिजनको आईपीएलमै सर्वाधिक योगफल २ सय ३२ रन तयार भएको थियो । मुम्बईका बलरमा क्रुणाल पाण्ड्या, लासिथ मालिंगा र जसप्रित बुमराह समेत विकेट निकाल्न सकेको थिएनन् ।

जवाफमा मुम्बईका लागि क्विन्टन डी कक (०) र कप्तान रोहित शर्मा (१२) ले शुरुवात राम्रो दिन सकेनन् । दुबै जना ४ ओभर नहुँदै पवेलियन फर्केपछि मुम्बई दवावमा परेको थियो । त्यसो त हार्दिक पाण्ड्याले विस्फोटक ब्याटिङ गरेर कोलकातालाई तर्साएका थिए । उनले जारी सिजनको आईपीएलमा छिटो अर्धशतक पनि प्रहार गरे । १७ बलमा ५० रन बनाएका हार्दिकले अरुको साथ राम्रो पाउन सेकनन् । हार्दिकले ३४ बलमा ९ छक्का र ६ चौका प्रहार गरे पनि मुम्बई १ सय ९८ रनमा समेटिएको थियो । कोलकाताका बलरमा सुनील नारायण, रसेल र गर्नीले २÷२ विकेट लिएका थिए ।

यो नतिजापछि आईपीएलको प्लेअफमा रिक्त भएका दुई स्थानका लागि ६ टोलीको प्रतिस्पर्धा भइरहेको छ । दिल्ली क्यापिटल र चेन्नाई सुपर किंग्स प्लेअफमा पुगिसकेका छन् । बाँकी रहेको दुई स्थानका लागि कोलकाता, मुम्बई, पन्जाब किंग्स इलेभेन, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।