नेपाल समाचारपत्रकर्मीसहित पाँच पत्रकार सम्मानित


रामेछाप ।
नेपाल समाचारपत्र दैनिक रामेछापका जिल्ला संवाददाता रामचन्द्र वि.क. सहितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले सम्मान गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा भएका विभिन्न गतिविधिमा सूचना प्रवाह तथा समाचार प्रकाशणमा महत्वपूवर्ण भूमिका खेलेको भन्दै धन्यबाद सहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको छ । यस अघिका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको कार्यकालमा सूचना प्रवहामा महत्वपूर्ण सहयोग गरेकाले विभिन्न संचार गृहका पत्रकारहरुलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ ।

सम्मानि हुने अन्य चार जना पत्रकारहरुमा जनता टेलिभिजनका जिल्ला संवाददाता सुमित श्रेष्ठ, न्यूज २४ का जिल्ला संवाददाता दीपक भट्ट, एभिन्यूज टेलिभिजनका जिल्ला संवाददाता नबराज पथिक र माउन्टेन टेलिभिजनका जिल्ला संवाददाता नवराज श्रेष्ठ रहेका छन् । सम्मानित पत्रकारहरुलाई सोमबार प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जिल्लाका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा सम्मान गर्नुभएको हो ।

परिचयात्मक कार्यक्रममा प्रजिअ के.सी पाण्डेले जिल्ला प्रशासनबाट प्रवहा हुने सेवा र नागरिकसँग जोडिएका विभिन्न सेवा तथा कामहरुलाई उनिहरुको सहजताको लागि सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रजिअ लिला कुमारी केसी पाण्डे यस अघिका प्रजिअ कृष्ण प्रसाद शर्माको सरुवा पछि भर्खरै जिल्ला प्रशासन कार्यालय रामेछाप आउनु भएको हो ।