फौदबहादुर भण्डारीको हत्यारा सार्वजनिक


सरिता चलाउने, सल्यान ।
सल्यानमा कुटपिट गरी कर्तव्य ज्यान मार्ने एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले सार्बजनिक गरेको छ । जिल्लाको कपुरकोट गाउपालीका वडा नम्बर ५ का २५ बर्षिय निर्मल बुढाले सोही ठाउँका ३९ बर्षिय फौद बहादुर भण्डारीको हत्या गरेको अभियोगमा पक्राउ गरी प्रहरीले सार्बजनिक गरेको हो । निर्मलले गत बैशाख ४ गते सोही ठाउँ वडा नम्बर ६ का ३९ बर्षका फौद भण्डारीको हत्या गरेका थिए ।

पुरकोट ६ खोलीगाउँ घरभइ लामो सम देखि भारतमा बस्दै आएका ३९ वर्षिय फौद बहादुरलाइ निर्मलले आफु पनि भारतमा रहेको बेला अपमान गरेकाले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरीले कार्यलय सल्यानले जनाएको छ ।

काठको लाठिले टाउकोमा प्रहार गरी हत्या गरी फरार भएका उनिलाई बिशेष सुचनाको आधारका प्रहरी निरक्षक मान बहादुर खडका टालीले ५ दिन पछि नजिकैको घरमा आएको अबस्थाका प्रहरीले प्रकाउ गरेको थियो ।

भारतको चन्दीगढमा सँगै दुबै जनाले एउटै होटलमा काम गर्ने क्रममा मृतक फौद बहादुरले अभियुक्त निर्मल बुढालाई अश्लिल शव्दहरु प्रयोग गरी अपमानजनक ब्याबहार गरी पाईन्ट झारि दिने र चन्दीगढ हुदा दिएको विरियानी खाएपछी विरामी भई घर आउनुपरेको विषयमा फौद बहादुर नेपाल आएको बेला निर्मलको घरमा विवाद हुदा हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले बताउनु भएको छ ।

उहाँका अनुसार उनिहरुले टाउको तथा शरीरका बिभिन्न भागहरुमा समेत कुटपिट गरी कर्तब्य गरी मारेका खुल्न आएको छ । प्रक्राउ पछि जिल्ला अदालत सल्यान बाट म्याद थपको अनुमति लिई ईलाका प्रहरी कार्यलय सल्यानको हिरासतमा राखी अनुसन्धान भैरहेको डिएसपि शाहीले बताउनु भयो ।