एयरलाइन्स र हुम्लावासीबीच ७ बुँदे सहमति, विपरित उडान भरे रोक लगाउने


अर्जुन बोहरा, हुम्ला ।
सुर्खेत र नेपागन्ज बाट हुम्लाको लागि उडान भर्ने निजी एयरलाइन्सले भाडादर नमिलेको भन्दै भाडादर कायम गराएका छन । जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले निजी एयरलाइसका प्रतिनिधी र हुम्लीबासी संग ७ बुद्धे लिखीत सहमती गरेको छ ।

निजी एयलाइन्स कम्पनीका कर्मचारी जिल्लाका जनप्रतिनिधी,प्रमुख जिल्ला अधिकारी लगायतको सर्बपक्षिय बसेको बैठेकले सिजनमा र अफ सिजनमा हुम्लाको लागि निजी कम्पनीका जहाजले नियमिति उडान भर्ने र तोकिएको सहुलियत दरमा कायम गर्ने बिषयमा सहमति भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढंकालाले बताउनु भयो ।

आइतबार तारा एअर र समिट एअरले नेपालगन्ज बाट सिजन र विसिजनकै समयमा प्रति प्यासेन्जर लाई ६ हजारका दरले हप्तामा २÷२ वटा फलाईट उडान भर्ने जनाएको छ ।

उता सुर्खेत बाट सिता एयरलाइन्स जहाजले २÷२ फलाईट र अन्यले १÷१ उडान भर्ने र सोको भाडा ५ हजार ५ सय लिने निणर्य गरेको छ । त्यसै गरि नेपालगन्ज बाट चार्ट फलाइटको लागि १० हजार ५ र सुर्खेत बाट १० हजार रुपायाँ भाडादर कामयम गरेको र सिमकोट बाट फिर्ता हुँदा सहुलियत दरमा उडान भर्ने सहमती गरेको तारा एयलाइन्सका प्रतिनिधी मनोज भारतिले बताउनु भयो ।

त्यसै गरि नेपालगन्ज बाट काग्रोका सामानहरु उडानको लागि प्रति केजी १सय १५ रुपायाँ र सुर्खेत बाट १सय ५ रुपायाँ ढुववानी रेट कायम गरेको छ । प्रत्येक दिन १÷१ काग्रो सामान उडान भर्नै र अत्यआवश्यक औषधी,खाद्ययन्न र निमार्ण व्यासायका सामान लाई पहिलो प्रथामिकता दिने गरेको छ ।
टिकट वितरण प्रार्णाली लाई हुम्ली सेवा समाज लाई जिम्मा दिने र ४ वटा टिकट निजी एयरलाइन्सकै जिम्मामा लगाएको छ ।

उता नेपाल एयरलाइन्सले हरेक दिन एक एक फलाइट उडान गर्नको लागि नेपाल एयरलाइन्स नेपालगन्जमा अनिवार्य गर्नु पर्ने बताएको छ नेपालकै ७७ वटा जिल्ला मध्ये सडक यातयातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वका जहाज र निजी कम्पनिका जहाजले उडान नियमित नगर्ने गरेकोले अब नियमिति उडान भर्न अनुरोध गरेको छ । आईतबार बसेको बैठकले निजी एयरलाइन्सका कम्पनीका जहाजहरुले हुम्ली बासी संग गरेको सहमती विपरित गरेका अर्को सिजनमा जहाज उडानमा रोक लगाउने निणर्य गेको छ ।