‘खुला ठाउँको संरक्षणमा जुटौँ’


काठमाडौँ ।
काठमाडौं उपत्यकाका सार्वजनिक सम्पत्ति अतिक्रमण भइरहेको बारे नेपाल वातावरण पत्रकार समुह (नेफेज)ले गम्भिर चासो लिएको छ । विभिन्न बहानामा अतिक्रमणमा परेको खुलामञ्च जुटाउन नेफेजले सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

उपत्यकाको जैविक विविधताका लागि महत्वर्पूण मानिएको चन्द्रागिरीमा अनुमति उलंघन गरी बनाइएका कंक्रिट रिसोर्ट र अन्य खुला क्षेत्र रोकथाम गर्न अपिल गर्दै नेफेजले आइतवार विज्ञप्ती जारी गरेको छ । खुलामञ्चमा विद्यमान बसपार्क, कर्मचारी आवास जस्ता संरचना हटाएर सार्वजनिक रुपमा भेला हुने, संवाद गर्ने वातावरण बनाउन नेफेजले काठमाडौं महानगरपालिकाको ध्यानकर्षण गराएको छ ।

समुहका अध्यक्ष कसमस विश्वकर्मा द्दारा जारी विज्ञप्तीमा भनिएको छ–‘सहरको सौन्दर्य संरक्षणमा लाग्नुपर्ने स्थानीय सरकार, सेना लगायतका निकाय त्यस्ता ठाउँको खोजी खोजी संरचना बनाउने कार्यमा लाग्नु आफैंमा दुःखत हो ।’