एनआईसी एसिया बैंकको आठ शाखा थपिए


काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरी ८ नया“ शाखा कार्यालयको स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले पोखरा महामनगरपालिका–१०, अमरसिंह चोक शाखा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले उद्घाटन गर्नुभएको थियो भने नार्गजुन नगरपालिका–४ सीतापाइला शाखा नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेतबाट, काठमाडौं महानगरपालिका– ३१, शंखमुल शाखा सोही वडाका वडा अध्यक्ष नारायण प्रसाद भण्डारीबाट, ललितपुर उपमहानगरपालिका–१८ भैसेपाटी शाखाको सोही वडाका वडा अध्यक्ष पुरुषोतम खड्का, बिदुर नगरपालिका– १, त्रिशूली बजार शाखा मेयर सन्जु पण्डितबाट, बेत्रावती शाखा सोही वडाका वडा अध्यक्ष गणेशकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।

त्यस्तै धुलिखेल नगरपालिका–४, शाखा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुबाट तथा पर्सा जिल्लाको छिपरमाई गाउ“पालिका–५स्थित भिस्वा शाखाको छिपरमाई गाउ“पालिका अध्यक्ष मनोज कुमारले उुद्घाटन गर्नुभएको थियो ।
बैंकले २८१ शाखा, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।