आर्थिक क्रियाकलापले गति लिन थाल्यो: राष्ट्र बैंक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
हालसम्म ७ सय २४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ । शनिवार नेपाल राष्ट्र बैंक ६४औं वर्षमा प्रवेश सन्दर्भमा सो जानकारी दिइएको हो ।

राष्ट्र बैंकका अनुसार फागुनसम्म २ करोड ५७ लाख निक्षेप खाता संख्या पुगेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३००९ अर्ब रुपिया“ पुगेको छ भने कर्जा लगानी २७४९ अर्ब रुपिया“ रहेको छ ।

उक्त अवसरमा मुलुकमा राजनीतिक स्थायित्व कायम भएस“गै आर्थिक क्रियाकलापले गति लिन थालेको राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले बताउनुभयो । उहा“ले कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको उल्लेख गर्नु भएको छ ।

वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलकदमीको परिणामस्वरूप वित्तीय पहु“च विस्तार भएको छ । कृषि, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको छ । भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने दिशामा पूर्वाधार निर्माणका महत्वपूर्ण कामहरू अगाडि बढेका बताउनु भएको छ ।

चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ८ हजार २ सय ५ पुगेको छ भने प्रतिशाखाले सेवा प्रदान गर्नसक्ने जनसंख्या ३ हजार ५ सय ६० भएको राष्ट्र बैंकले जनाएको छ ।

भौतिक पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता पूरा गर्ने उद्देश्यले पूर्वाधार विकास बैंक स्थापना भएको छ । संघीयता कार्यान्वयनमा सहयोग पु¥याउन नेपाल राष्ट्र बैंकको संस्थागत ढा“चामा परिवर्तन गर्ने क्रममा कर्णाली प्रदेशमा यस बैंकको कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ ।

भूकम्पले ध्वस्त भएका यस बैंकका बालुवाटार तथा थापाथलीस्थित भवनको निर्माण कार्य प्रारम्भ भई आगामी २ वर्षभित्र सम्पन्न हुने योजना रहेको छ । समष्टिगत आर्थिक तथा वित्तीय स्थिति विश्व अर्थतन्त्र अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१८ मा ३ दशमलव ६ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र सन् २०१९ मा ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

भारत र चीनको आर्थिक वृद्धि सन् २०१९ मा क्रमशः ७ दशमलव ३ प्रतिशत र ६ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण छ ।
मुलुक उच्च आर्थिक वृद्धिको बाटोमा अगाडि बढेको छ । आर्थिक वर्ष २०७५÷७६ मा समेत ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ ।तीन वर्ष लगातार औसत ७ प्रतिशतको आर्थिक वृद्धि हुनुले नेपालको उत्पादन सम्भाव्यता बढेको देखाउ“छ । चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत रहेको छ । यस्तो मुद्रास्फीति २०७४ चैतमा ५ दशमलव ३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ७ प्रतिशत रहेको छ ।

चैत मसान्तसम्ममा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति १७ अर्ब २९ करोड रुपिया“ले बचतमा रहेको छ । संघीय सरकारको कुल खर्च ५ सय ९६ अर्ब ६२ करोड रुपिया“ पुगेको छ । यसमध्ये चालू खर्च ४ सय ४७ अर्ब ५५ करोड र पु“जीगत खर्च १ सय ३ अर्ब ४९ करोड रुपिया“ रहेको छ ।

चैत मसान्तसम्ममा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बा“डफा“ड हुने रकम समेत) १९ दशमलव ५ प्रतिशतले वृद्धि भई ६ सय ४ अर्ब ६० करोड रुपिया“ पुगेको छ ।

समीक्षा अवधिमा चालु खाता १ सय ९१ अर्ब १२ करोड र शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड रुपिया“ले घाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १०६१ अर्ब ७१ करोड रुपिया“ कायम भएको छ । बैंकिङ क्षेत्रस“ग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव १ महिनाको वस्तु आयात र ७ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

मौद्रिक व्यवस्थापन आठ महिनामा विस्तृत मुद्राप्रदाय ८ दशमलव ४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ दशमलव ७ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४ दशमलव ६ प्रतिशतले बढेको छ ।

फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६२ प्रतिशत रहेको छ ।

यसैगरी बैंकहरुको औसत आधार दर ९ दशमलव ६५ प्रतिशत रहेको गर्भनर नेपालले बताउनु भएको छ ।
गभर्नर नेपालका अनुसार पुनर्कर्जा प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा बढाउने उद्देश्यले यस बैंकबाट सञ्चालनमा रहेको पुनर्कर्जा सुविधाको उपयोगलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था मिलाइएको छ । यसअन्र्तगत राष्ट्र बैंकमा रहेको पुनर्कर्जा कोषको सीमा वृद्धि गरी ५० अर्ब रुपिया“ पु¥याउने व्यवस्था गरिएको छ ।

उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ब्याजदर र पु“जी बजारका विषय चुनौतीको रुपमा देखापरे पनि मुलुकको आर्थिक वृद्धि उत्साहजनक रहेको बताउनुभयो । उहा“ले बैंकिङ क्षेत्रको ब्याजदरलाई बञ्चित सिमामा राख्न प्रयास जारी राखेको बताउ“दै नीति नियम संशोधन गरेर लगानीमैत्री वातावरण बन्दै गएको दाबी गर्नुभयो ।

पूर्वगभर्नर सतेन्द्रप्यारा श्रेष्ठले आयातको तुलनामा निर्यात हुन नसक्नुसक्दा विदेशी मुद्राको संकट हु“दै गएको बताउनुभयो । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले लगानीयोग्य रकमको अभावका कारण ब्याजदरमा परेको प्रभावका बाबजुद लगानीको वातावरण बन्द गएको बताउनुभयो । उक्त अवसरमा पूर्वगभर्नर सतेन्द्रप्यारा श्रेष्ठलाई नेपाल राष्ट्र बैंकले सम्मानसमेत गरेको थियो ।