बेल्ट एन्ड रोड परियोजनाको दोस्रो सम्मेलन शूरु, योजनालाई पारदर्शी बनाउने सीको प्रतिबद्धता


बेइजिङ, (एजेन्सी)
चीनका राष्ट्रपति सी जिनपिङले बेल्ट एन्ड रोड फोरमको दोस्रो शिखर सम्मेलन उद्घाटनमा आफ्नो उक्त महत्वाकांक्षी योजनाको पृष्ठपोषण गरेका छन्। अर्बौं डलरको यस परियोजनालाई लिएर गरिब देशहरूमा ऋणको जालमा फस्ने चिन्तामा बहस हुने गरेकोमा उनले यो कनेक्टिभिटी योजनालाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तीन दिवसीय बेल्ट एन्ड रोड फोरमको दोस्रोे संस्करणको भेलामा सीले आफ्नो भाषणमा यस परियोजनाको विषयमा विस्तृत जानकारी दिए। यस सम्मेलनमा ४० देशका प्रमुख र १ सयभन्दा धेरै अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूको उपस्थितिमा सीले भने– ‘बेल्ट एन्ड रोड सहयोगलाई अगाडि बढाउन सबै पक्ष पारदर्शी तरिकाबाट गर्नुपर्ने हुन्छ र हामीले भ्रष्टाचारप्रति जिरो टलरेन्सको नीति अपनाउनुपर्ने हुन्छ।

सन् २०१३ मा सीद्वारा प्रस्तावित बेल्ट एन्ड रोड परियोजनाको लक्ष्य विश्वका ३ सबैभन्दा ठूला महाद्विप एसिया, अफ्रिका र युरोपलाई राजमार्ग, रेल मार्ग र जलमार्गको विशाल सन्जालबाट जोड्नु हो। चीनले ६० भन्दा बढी भाग लिने देशहरूमा अर्बौं लगानी गरेको छ। त्यहात् उसले आधारभूत संरचनाको निर्माण गरिरहेको छ।

श्रीलंका, मालदिभ्स र पाकिस्तानजस्ता कयौं साझेदार देशका परियोजना चिनियात् ऋणको बोझमा दबेको भन्ने तर्कका आधारमा बेइजिङद्वारा ऋणको जालमा फसाउन खोजेको मुद्दा उठाउत्दै चिन्ता व्यक्त गरिएका छन्। सम्मेलनमा सीले ती आशंकालाई हटाउने प्रयास गरेका छन्।

उनले भने– ‘हामी बीआरआईमा लगानी गर्ने बहुपक्षीय तथा राष्ट्रिय वित्तीय संस्थानहरूको सभागितालाई स्वागत गर्छौं र हामी कयौं मुनाफाखोरीहरूको सहभागितासत्ग तेस्रो बजार सहयोगलाई प्रोत्साहित गर्र्छौं। हामी निश्चित रूपमा सबैलाई लाभ पुर्याउन सक्छौं। ‘हामीले बीआरआईको हिस्सा बन्ने देशहरूलाई बीआरआई आर्थिक सहयोगको सम्बन्धमा मार्ग दर्शन प्रदान गर्न बेल्ट एन्ड रोडको विकासको आर्थिक सहयोगको मार्गदर्शक सिद्धान्त तथा ऋण स्थिरताको रूपरेखा तयार गरेका छौं।’ –चिनियात् राष्ट्रपति सीले बताए।

राष्ट्रपतिले सहभागी देशको काुननको पनि सम्मान गर्नुपर्ने बताए। बेल्ट एन्ड रोड सहयोगलाई संयुक्त रूपमा अगाडि बढाउनका लागि जनकेन्द्रित दृष्टिकोण अपनाउने र गरिबी उन्मूलन तथा रोजगार सृजनालाई प्राथमिकता दिन आवश्यक भएकोमा सीले जोड दिए। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधामन्त्री इमरान खान सहभागी भएका छन्। तर भारतले पुन एक पटक सहभागिता जनाउन अस्वीकार गरेको छ। भारतले यो व्यापारिक मार्गको विरोध गरिरहेको छ। आफ्नो सम्प्रभुता र क्षेत्रीय अखन्डताका लागि बल्ट एन्ड रोड परियोजनाको हिस्सा हुन नसक्ने भारतले भन्दै आइरहेको छ।

बेल्ट एन्ड रोडको एक प्रमुख घटक पाकिस्तानसत्ग चीन जोड्ने प्रमुख आर्थिक मार्ग (सीपीईसी)को रुटलाई लिएर असमति जनाउत्दै भारतले यस परियोजनबाट आफूलाई दुरीमा राखेको छ।

उक्त आर्थिक कोरिडोर पाकिस्तान अधिकृत विवादास्पद काश्मिर भएर गएको छ। यो कोरिडोरले चिनियात् शहर कासगरलाई अरब सागरमा पाकिस्तानको ग्वादर बन्दरगाहसत्ग जोडेको छ। चीनले यो परियोजना पूर्ण रूपमा आर्थिक भएको र काश्मिर मुद्दामा बेइजिङको तटस्थ नीतिलाई यसले प्रभावित नगर्ने बताएको छ।