विमानस्थलमा रातभर उप्काउँदै पिच गर्दै

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
४४ वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्तीको काम तीव्र रुपमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल भएको पुरानो धावनमार्गको कालोपत्रे फालेर नया“ कालोपत्रे गर्ने कामलाई तीव्रता दिएको हो ।

धावमार्गको ३ हजार ५० मिटर लम्बाई र ६० मिटर चौडाईको कालोपत्रेलाई पूर्णरुपमा अवस्था हेरेर गहिराईमा गएर नया“ निर्माण सामग्रीसहित पिचको काम गरिरहेको छ ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच पहिलोपटक पूरै फालेर नया“ पिच गर्न काम भइरहेको छ । २२ घण्टा सञ्चालनमा रहेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई १० घण्टा (राति १० बजेदेखि विहान ८ बजेसम्म) बन्द गराए धावनमार्गलाई नया“ स्वरुप दिने काम तीव्र भइरहेको छ । चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रुपिया“को लागतमा धावनमार्गको स्तरोन्नतीको काम भइरहेको छ ।

‘धावनमार्गको पुरानो कालोपत्रेलाई मिलिङ (जोत्ने) मेसिनले तह–तह गरेर कालोपत्रे उप्काउने काम गर्छ,’ प्राधिकरण महानिर्देशक सञ्जीव गौतमले भन्नुभयो–‘काम धेरै चुनौतिपूर्ण रहेको छ, कार्य सम्पादनमा १ मिनेट ढिला हु“दँ पनि विहानको उडान अवतरणमा असर पर्छ, कम्पनीले यो कुरालाई मध्यनजर गर्दै काम तीव्र रुपमा गरिरहेको बताउनुभयो । उहा“का अनुसार काम शुरु गर्ने विषयमा मौसमले पनि उतिकै साथ दिनुपर्छ मौसम प्रतिकुल हुने बित्तिकै काम सबै प्रभावित हुन्छ । ठेकेदार कम्पनीले पूर्वनिर्धारित योजनाअनुसार कार्यसम्पादनको लागि इन्जिनियर र प्राविधिले उपकरण तथा कामदार खटाउ“छन् ।

तीन महिनाभित्र पूरा गर्ने लक्ष्यसहित शुरु भएको धावनमार्गको काम ३ सय ५० बढी कामदार संलग्न रहेका छन् । जोत्ने मेसिनले तह–तह गरेर १० सेन्टिमिटरका दरले कालोपत्रे उप्काउ“दै ट्रिपरमा जम्मा गरी धावनमार्गबाट विस्थापित गर्छ ।

निर्माण कम्पनीले धवानमार्गको २० देखि २५ सेन्टिमिटर गहिराईमा गएर पुरानो फालेर स्वदेशी तथा विदेशबाट आयात गरिएका नया“ निर्माण सामग्रीसहितको बिटुमिन (अलकतत्र) राख्नेछ भने दैनिक विशेष प्रविधियुक्त मिलिङ (जोतेर) उपकरणबाट धावनमार्गको स्तरोन्ती गरी सय मिटरसम्मको हाराहारीमा धावनमार्गलाई नयाँरुप दिइने छ । विमानस्थलको धावनमार्ग मर्मत कालोपत्र जिरो टु बाट शुरु गरेको छ ।

जिरो टु देखि एक हजार ६ सय मिटरसम्म हवाई चाप अत्याधिकपर्ने मध्य भाग भएकाले पूर्ण रुपमा जिर्ण भएको छ । ५ बजेबाट नया“ पिच गरी विहान ८ बजे उडानयोग्य बनाइ“दै आएको प्राधिकरणले जनाएको छ । नया“ पिच सेट करिब ३ घण्टाको समय लाग्ने छ।

धावनमार्गको पिच पुरानो भएकाले उडान अवतरणमा पिच उप्किने समस्य बढेर गएस“गै प्राधिरकणले नया“ कालोपत्रे गर्ने गुरु योजना २ वर्ष अगाडि नै बनाएको भए पनि हाल मात्र कामले मूत रुप पाएको हो ।दैनिक ४ सय उडान अवतरण हुने विमानस्थलमा उडान बन्द गरी काम भइरहेको छ, छोटो समय विमानस्थल बन्द भए पनि नया“ स्वरुपको धावनमार्ग सञ्चालनमा आएस“गै विमानस्थल २४सै घण्टा सञ्चालन गर्न सकिने महानिर्देशक गौतमको भनाइ छ ।

‘नया“ धावनमार्ग निर्माणस“गै अहिलेकै हवाई चापको अवस्थामा २० वर्षसम्म निरन्तर धावनमार्ग २४ घण्टा सञ्चालन गर्न सकिनेछ,’ अन्तरर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका निर्देशक प्रमुख बाबुराम पौडेलले भन्नुभयो–‘यसको लागि निरन्तर ममर्त भने जरुरी रहेको छ।’

यसअघि विमानस्थल कार्यले धावनमार्गको ओभरले (माथिबाट पिच गर्ने) मर्मत सम्भार गर्दै सञ्चालन गर्दै आएको थियो । हरेक दिन अवस्था हेरेर निश्चित मिटर रनवेमा स्तरोन्नतिको काम हुने गरेको र हालसम्म करिब ३ सय मिटर रनवेको पिच गर्ने काम पूरा भएको छ । धावनमार्गको निर्माण पूरा गरिसके पछि चिनिया“ कम्पनीले ८ महिनाभित्र ट्याक्सी वे को काम पूरा गर्ने लक्ष्य लिएको प्राधिकरणको भनाइ छ ।