बाल विवाह गर्न खोज्दा मण्डपबाटै पाँच जना पक्राउ


स्सुभेन्द्र दास, लहान ।
सिरहाको ५० वर्षिय बेहुलाले १९ वर्षिय किशोरीसंग जनकपुरधामको रामजानकी मन्दिरमा विवाहगर्न खोज्दा प्रहरीले मण्डपबाटै ५ जना लार्इ पक्राउ गरेको छ।

किशोरीसंग बिहे हुन लागेको अवस्थामा प्रहरीले बालविवाह भन्दै पक्राउ गरेको हो। सिरहाको बरियारपट्टि गाउँपालिका( ५ हरिपुरका ५० वर्षीय जिबेन्द्र नारायण यादवले सिराहाकै औरही गाउँपालिका- ३ का हरी नारायण यादवकी १९ वर्षीय छोरी विभा कुमारी यादवसँग बिहे गर्न लागेका थिए । वाल विवाह भइरहेको खबर पाउने वितिकै प्रहरी पठाएर रोक्न लगाएको डिएसपी रामेश्वर कार्कीले बताएका छ्न।

विवाह बुधवार साँझ भइरहेको बेला नै प्रहरी पुगेर विवाह रोकेर बेहुलीका बुवा, ठूलो बुवा, दाजु र बेहुला पक्षका दुई जना गरी कुल ५ जनालाई मण्डपबाटै पक्राउ गरेको छ । तर आज उनीहरूले कानूनको उल्लङ्घन नगर्ने कागज गरेपछि प्रहरीले तारेखमा रिहा गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को विवाह सम्बन्धी कसूर अन्तर्गत विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुगेको हुनुपर्छ । तर उमेर बेहुलीको १९ वर्ष मात्र रहेका कारण विवाह रोकिएको प्रहरीको भनाई छ।