राष्ट्रपतिको चीन भ्रमणमा चार सम्झौतामा हस्ताक्षर हुने


काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा विभिन्न चार सम्झौतामा हस्ताक्षर गर्नुहुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभिन्न चार वटा सम्झौतमा हस्ताक्षर हुने जानकारी दिनुभयो ।

मन्त्री बास्कोटाका अनुसार नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने करिब १६ अर्ब ८० करोड सहायता स्वीकार गर्ने र गुणस्तरसम्बन्धी विषयमा सहयोग सम्बन्धी नेपाल र चीनबीच हस्ताक्षर हुने समझदारीपत्र मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।

यस्तै राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल सरकार र चीन सरकारबीच नेपालको भन्सार विभाग र चीनको भन्सार प्रशसनबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।

सांस्कृतिक, पुरातात्विक वस्तुहरुको अवैध ओसारप्रसार र चोरी निकासी रोक्नेसम्बन्धी सम्झौतामा पनि राष्ट्रपति भण्डारीको चीन भ्रमणकै क्रममा हस्ताक्षर गर्ने निर्णयसमेत भएको छ ।