मन्थली क्याम्पसलाई शैक्षिक हवको रुपमा विकास गर्नमा जोड


रामचन्द्र वि.क., रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसलाई जिल्लाको शैक्षिक हवको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्लाकै सामुदायिक क्याम्पस मध्ये नमूना क्याम्पसको रुपमा रहेको मन्थली क्याम्पसलाई शैक्षिक हवको रुपमा विकास गर्न सके जिल्लाको शिक्षामा गुणस्तरमा बृद्धि हुनुको साथै आर्थिक बृद्धिमा समेत टेवा पुग्ने देखिएकाले क्याम्पसलाई शैक्षिक हब बनाउने तर्फ सबैले ध्यान दिनुपर्नेमा उनिहरुको जोड रहेको छ ।

बिहिबार क्यायम्पसले आयोजना गरेको सरोकारवालाहरु सँगको वृहत छलफल कार्यक्रममा सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन । कार्यक्रममा बोल्दै पुर्व क्याम्पस प्रमुख टंकप्रसाद दाहालले मन्थली क्याम्पसको शैक्षिक विकासमा अहिले सम्म सहयोग पु¥यउने सबैलाई धन्यबाद दिँदै आगमी दिनमा क्याम्पसले चाल्न लागेको सबै खालको क्रियाकलाप प्रति पनि सहयोग पुग्ने अपेक्षा गर्नुभययो ।

लामो समय देखि क्याम्पसले परिवर्तनका लागि खेलेको भूमिका र त्यसका अगुवाहरुले पु¥याएको योगदानको चर्चा गर्दै अर्का पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले शिक्षाको विकल्प शिक्षा नै रहेको भन्दै शिक्षालाई गहिरिएर बुझ्न र सकारत्माक तरिकाले व्याख्य गर्न सक्ने व्यक्ति मन्थली क्याम्पसले उत्पादन गरिरहेको दाबी गर्नु भयो ।

छलफल कार्यक्रममा आफ्ना भनाई राख्दै रामेछाप नेकपाका अध्यक्ष मदन कुमार तामाङले गुणस्तरिय शिक्षाले मात्र मुलुकमा परिवर्तन संभव भएको भन्दै बैज्ञानिक र व्यवहारिक शिक्षा नीतिमा जोड दिनका लागि मन्थली क्याम्पसलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले मन्थली क्याम्पसलाई देशकै नमूना क्याम्पसको रुपमा विकास गर्न सकिने भन्दै त्यसका लागि आफ्नो पार्टीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने बताउनुभयो ।

क्याम्पस प्रमुख व्यवस्थान समितिका अध्यक्ष रामचन्द्र बियोगिको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ऋषि कुमार कार्कीले स्वागत मन्तब्य राख्दै क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि आफूले सबै क्षेत्रसँग मिलेर अगाडी बढ्ने बताउनुभयो ।