स्व.बुवाको स्मृतिमा गापा अध्यक्षद्धारा एक लाखको अक्षयकोष घोषणा


सरिता चलाउने, सल्यान ।
सल्यानको कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा स्वर्गीय वुवा बेल बहादुर सेनको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

गरिव, टुहुरा, जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष खडा गर्ने घोषणा अध्यक्ष सेनले विद्यालयको ५५ औँ वार्षिक उत्सव समारोहमा घोषणा गर्नुभयो । गाउापालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका सेनले नेरामावि किमुचौरमा कक्षा ७ सम्म अध्ययन गरेका गर्नुभएको थियो । उहाँ विद्यालयका पूर्व विव्यस अध्यक्ष समेत हुनुहुन्छ । अक्षयकोषबाट हरेक वर्ष टुहुरा, गरिव तथा जेहेन्दार विद्यार्थीलाइ छात्रवृत्तिको व्यवस्था मिलाइने विद्यालयका प्रअ सिट्टसाप विष्टले बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष सेनले विद्यालयको प्रगतिका लागि संधै लागिरहने भन्दै शैक्षिक स्तरवृद्धिका लागि सबै शिक्षक, कर्मचारी र अभिभावक एकताबद्ध हुनुपर्ने बताउनु भयो । कार्यक्रममा विव्यस अध्यक्ष हरिलाल पुनले विद्यालयमा अक्षयकोष खडा गरेर गाउँपालिका अध्यक्षले उदाहरणीय काम गरेको बताएका थिए ।